नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत प्याराग्लाइडिङको क्रस कन्ट्री प्रतियोगितामा निधन भएका निसिम थापाको शालिक निर्माण हुने भएको छ।
पोखरा रंगशालाको हाताभित्र उनको शालिक निर्माण गर्ने निर्णय भएको हो। बुधबार साँझ बसेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)को ११५औं बोर्ड बैठकले निसिमलाई मानार्थ स्वर्ण पदक प्रदान गर्ने निर्णय पनि गरेको हो।
असोज ३० गते प्याराग्लाइडिङको क्रसकन्ट्री विधामा प्रतिस्पर्धा हुँदै गर्दा सराङकोटमा भएको दुर्घटनामा नेपाल आर्मी क्लबका लागि खेलिरहेका थापाको निधन भएको थियो।
६ वर्षीय थापा प्याराग्लाइडिङका उत्कृष्ट खेलाडीमध्येका एक थिए।
60
Shares
प्रतिक्रिया