नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत प्याराग्लाइडिङको क्रस कन्ट्री प्रतियोगितामा सहभागी एक प्रतियोगीको दुर्घटनामा निधन भएको छ।
मृत्यु हुनेमा नेपाल आर्मीको तर्फबाट प्रतियोगितामा सहभागिता जनाएका पोखरा १० हस्पिटलचोकका निसिम थापा रहेका छन्। २६ वर्षीय थापा प्याराग्लाइडिङका उत्कृष्ट खेलाडीमध्येका एक भएको पाइलट लक्ष्मण न्यौपानले जानकारी दिए।
प्रहरीका अनुसार प्रतियोगितामा सहभागी हुन उडेलगत्तै उनी करिब एक सय मिटर तल जमिनमा बजारिएका थिए। ग्लाइडर नखुलेर वा हावाको उल्टो बहावका कारण उनी जमिनमा बजारिएको अनुमान गरिएको छ।
उनलाई उपचारको लागि गण्डकी अस्पताल ल्याउँदा डाक्टरले मृत घोषणा गरेका थिए।
पोखराको सराङकोटबाट बिहान १०ः३० बजे उडेका उनी अकस्मात जमिनमा बजारिएका थिए।
960
Shares
प्रतिक्रिया