ad ad

खेल


हालान्डको रवाफ कायमै, च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीको फराकिलो जित

हालान्डको रवाफ कायमै, च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीको फराकिलो जित

नेपालखबर
असोज २०, २०७९ बिहिबार ७:५३, काठमाडौँ

नर्वेजियन स्ट्राइकर इर्लिङ हालान्डले आफ्नो रवाफिलो प्रदर्शन कायमै राखेका छन्।

गएराति घरेलु मैदानमा भएको खेलमा एफसी कोपनहेगनविरुद्ध म्यानचेस्टर सिटीलाई ५-० को फराकिलो जित दिलाउने क्रममा हालान्डले पहिलो हाफमै २ गोल गरे।

प्रिमियर लिगमा म्यानेचस्टर युनाइटेडविरुद्धको खेलमा ह्याट्रिक गरेका उनले च्याम्पियन्स लिगमा पनि जादुयी प्रदर्शनलाई यथावत राखेका हुन्।

उनले खेलको सातौँ मिनेटमा गोलको खाता खोले। त्यसपछि खेलको ३२ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई २-० ले अघि बढाए।

त्यसपछि कोपनहेगनका डेभिट खोचोलाभाले आत्मघाती गोल उपहार दिँदा सिटी ३-० ले अघि बढ्यो।

तर दोस्रो हाफमा हालान्डलाई प्रशिक्षक पेप ग्वार्डिओलाले आराम दिए।

दोस्रो हाफमा सिटीका लागि रियाद महारेजले ५५ औँ मिनेटमा पेनाल्टीबाट गोल गरे। त्यसपछि अर्जेन्टाइन युवा स्ट्राइकर जुलियन अल्भारेजले खेलको ७६ औँ मिनेटमा गोल गर्दै सिटीलाई ५-० को फराकिलो जित पक्का गरे।

एकपक्षीय यो जितपछि सिटी समूह एचमा तीन खेल जित्दै ९ अंकसहित शीर्ष स्थानमा कायमै छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .