ad ad

खेल


चेक रिपब्लिकसँगको खेलका क्रममा रोनाल्डो घाइते

चेक रिपब्लिकसँगको खेलका क्रममा रोनाल्डो घाइते

नेपालखबर
असोज ९, २०७९ आइतबार १४:५०, काठमाडौँ

पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले युईएफए नेसन्स लिगअन्तर्गत शनिबार राति भएको चेक रिपब्लिकसँगको खेलका क्रममा चोट बोक्न पुगेका छन्। 

गएराति भएको खेलमा रोनाल्डो चेक रिपब्लिकका गोलरक्षक टोमस भाक्लिकसँग नराम्रोसँग ठोक्किन पुगेका थिए। 

खेलको १३औँ मिनेटमा ठोक्किएपछि उनको नाकमा चोट लागेको थियो। उनलाई मैदानबाहिर उपचारको आवश्यक भए पनि उनले नाकमा पट्टी लगाएर फर्किएका थिए। 

अहिले उनको अवस्था ठीक भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। खेलमा कठिन अवस्थाको बाबजुद पनि टोलीले सामान्य अवस्थामा फर्किएर खेल खेलेको थियो। 

गएराति भएको खेलमा पोर्चुगलले चेक रिपब्लिकमाथि ४–० फराकिलो गोल अन्तरको जित निकालेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .