अपराध


३१ लाख बढीको अवैध लागुऔषधसहित ६ जना पक्राउ

३१ लाख बढीको अवैध लागुऔषधसहित ६ जना पक्राउ

नेपालखबर
असोज ९ , काठमाडौँ

नेपाल प्रहरीले अवैध लागुऔषधसहित ६ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

आइतवार नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो।

सार्वजनिक हुनेमा लागुऔषध खैरो हेरोइनतर्फ २ जना, नियन्त्रित लागुऔषध एम्पुलतर्फ ३ जना र लागुऔषध एम्पुल बससहित अन्य एकजना छन्।

पक्राउ पर्नेमा भदौ २१ गते ललितपुरको महालक्ष्मीस्थानबाट इलामका २४ वर्षीय सुजन हेल्मू र भदौ २१ गते नै इलामकै सञ्जिव राईलाई पक्राउ गरेको थियो।

त्यस्तै भदौ २४ गते ललितपुरको थसीखेलबाट बा ५ च ७१३८ नम्बरको बोलेरो पिक अप भ्यान र लुकाएको अवस्थामा लागुऔषध बुप्रेनोर्फिन ३३४ एम्पुल, डाइजेपाम ३३३ एम्पुल र फेनारगन ३३३ एम्पुल बरामद गरिएको प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले बताए।

लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरका प्रवक्ता एवं सूचना अधिकारीसमेत रहेका खड्काले लागुऔषध एम्पुलसहित पक्राउ परेका अर्जुन ढकालसँग अनुसन्धान गर्दै जाँदा लागुऔषध एम्पुल कारोबारमा संलग्न न्यु एञ्जल कम्पनीको प्रदेश ०२ ०३ ००१ ख ३६२८ नम्बरको भाडाको बसका सहचालक बाराको कलैयाका २१ वर्षका अजय महतो र सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाका वर्ष ४४ का रामबहादुर तिमिल्सनालाई भदौ २६ गते पक्राउ गरेको बताए।

बसभित्रबाट लागुऔषध ब्रुपेनोर्फिन २७६६ एम्पुल, डाईजेपाम एम्पुल र उक्त बस समेत बरामद गरेको बताए। उनले फरार प्रतिवादी जिल्ला इलामका सन्तोष तामाङलाई पनि पक्राउ गरी भदौ २१ गते पक्राउ गरी काठमाडौं जिल्ला अदालतमा पेस गरेको बताए।

उनले गोश्वारा हुलाक कार्यालय डिल्लीबजारबाट थप १ किलो ३३० ग्राम लागुऔषध गाँजा बरामद गरिएको पनि जानकारी दिए।

उनले गोश्वारा हुलाक कार्यालयमा अमेरिकाबाट आएको ३ किलो ७० ग्राम लागुऔषध गाँजा लुकाएको पार्सल रिसिभ गरी लैजाने क्रममा काभ्रेपलाञ्चोक मण्डनदेउपुरका २८ वर्षका मनोज राई र अनुसन्धानका क्रममा काठमाडौं नक्सालका वर्ष ३० का अंकितकुमार श्रेष्ठ र ऐ. वडा नम्बर १७ खुसीबु ठेगाना भएका वर्ष ३० का राहुल क्षेत्रीलाई पक्राउ गरिएको बताए।

उनले बरामद लागुऔषधको बजार मूल्य ३१ लाख ५ हजार ८१० रहेको बताए। उपत्यका लागुऔषध खैरो हेरोइन तथा नियन्त्रित लागुऔषध समेतको अवैध कारोबार भइरहेको सूचनाका आधारमा ब्यरोले ६ जनालाई लागुऔषधसहति पक्राउ गरेको हो। 

 

असोज ९, २०७९, आइतबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.
ad ad