सहिद स्मारक ‘ए’ डिभिजन लिगका लागि मछिन्द्र क्लवले ९ जना राष्ट्रिय खेलाडीलाई अनुबन्धित गरेको छ।
शुक्रबार पत्रकार सम्मेलनको अयोजना गर्दै क्लबले ९ राष्ट्रिय खेलाडीलाई अनुबन्ध गरेको जनाएको हो।
जसमा राष्ट्रिय टिमका पूर्वकप्तान विराज महर्जनसमेत रहेका छन्। उनी यसअघि मनाङ मर्स्यांदी क्लबको कप्तान थिए।
सहिद स्मारक ए डिभिजन लिग जित्ने लक्ष्यसहित शुक्रबार मछिन्द्रले टिम सार्वजनिक गरेको हो।
जसमा राष्ट्रिय टिमका पूर्वकप्तान विराज महर्जन, अभिषेक रिजाल, विशाल राई, विशाल श्रेष्ठ, देवेन्द्र तामाङ, हेमन गुरुङ, रञ्जित धिमाल, सूर्य अधिकारी, योगेश गुरुङ रहेका छन्।
त्यस्तै टिमका अन्य खेलाडीहरुमा विजय धिमाल, बुद्धि चेमजोङ, दीपक राई, रेजिन सुब्बा, सुजल श्रेष्ठ, पिटर सेगुम, एडेलाज सोमिडे, अन्ड्रेस निआ रहेका छन्।


प्रतिक्रिया