ad ad

खेल


साफ च्याम्पियनसिपमा भारतमाथि बंगलादेशको ऐतिहासिक जित

साफ च्याम्पियनसिपमा भारतमाथि बंगलादेशको ऐतिहासिक जित

नेपालखबर
भदौ २८, २०७९ मंगलबार १९:४१, काठमाडौँ

साविक विजेता भारतमाथि ऐतिहासिक जित निकाल्दै बंगलादेश साफ महिला च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा पुगेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा भारतमाथि बंगलादेशले ३–० को सानदार जित दर्ता गर्दै समूह विजेताका रुपमा सेमिफाइनल प्रवेश गरेको हो।

साफ च्याम्पियनसिपमा भारतमाथि बंगलादेशले पहिलो जित दर्ता गरेको हो। यसअघि भारत र बंगलादेश साफमा ६ पटक भिडेका थिए।

एक खेल बराबरी भएको थियो भने बाँकी सबै खेलमा भारत विजयी भएको थियो। समूह चरणको अन्तिम खेलमा पराजित भएको भारत उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ। 

भारतले फाइनल प्रवेशका लागि समूह ए को विजेता घरेलु टोली नेपालको सामना गर्नु पर्नेछ। बंगलादेशले समुह बि को उपविजेता भुटानसँग खेल्नेछ। २०१६ मा साफको सेमिफाइनलमा नेपाल भारतसँग पराजित भएको थियो।

मंगलबार १२ औँ मिनेटमा बंगलादेशले गोल गर्दै खेलमा सुरुवाती अग्रता बनायो। बगंलादेशका लागि श्रीमती कृष्ण रानी सरकारको पासमा जहान स्पोप्नाले गोल गरिन्। 

खेलको २२ औँ मिनेटमा कृष्ण रानी सरकारले गोल गर्दै अग्रता दोब्बर पारिन्। 

खेलको ५२ औँ मिनेटमा जहान स्वोप्नाले गोल गर्दै खेललाई ३–० को अवस्थामा ल्याइन्।

​ स्पोप्नाले सबिना खातुनको पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेकी हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .