१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा पदक विजेता सुदूरपश्चिमका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने घोषणा गरेको छ।
प्रदेश सरकारले स्वर्ण पदक बिजेतालाई जनही १ लाख, रजत पदक बिजेतालाई ५० हजार र कांस्य पदक बिजेतालाई जनही ३० हजार दिने घोषणा गरेको हो।
खेलाडीहरुलाई प्रोत्साहन गर्न पुरस्कार घोषणा गरिएको मुख्यमन्त्री त्रिलोचन भट्टको सचिवालयले जनाएको छ।
प्रतिक्रिया