एसिया कपको सुपर फोरअन्तर्गत शुक्रबार राति भएको खेलमा श्रीलंकाले पाकिस्तानमाथि ५ विकेटको सहज जित हात पारेको छ।
शुक्रबारको खेलमा पहिला ब्याटिङ गरेको पाकिस्तानले १९ ओभर १ बल खेल्दै सबै विकेट गुमाएर १२१ रन बनाएको थियो। पाकिस्तानलाई सस्तैमा समेट्ने क्रममा श्रीलंकाका वानिन्दु हशरंगा डि सिल्भाले ३ तथा महीश थीक्शना र प्रमोद मधुसनले २/२ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको श्रीलंकाले पाकिस्तानले दिएको १२२ रनको लक्ष्य १७ ओभरमा ५ विकेट गुमाउँदै १२४ रन बनाएर पूरा गर्यो। श्रीलंकालाई जित दिलाउने क्रममा ओपनर पथुम निसान्काले अविजित ५५ रनको पाली खेले।
यसअघि नै पाकिस्तान र श्रीलंका एसिया कपको फाइनलमा पुगिसकेका छन्।
आइतबार फाइनलमा यी दुई टोलीबीच उपाधिको लागि प्रतिस्पर्धा हुनेछ।
459
Shares
प्रतिक्रिया