ad ad

अपराध


कैलालीमा देउडा हेर्न गएका बेला सामूहिक बलात्कार

कैलालीमा देउडा हेर्न गएका बेला सामूहिक बलात्कार

प्रतिकात्मक तस्बिर


नेपालखबर
भदौ २५, २०७९ शनिबार ७:२७, कैलाली

कैलालीको घोडाघोडी नगरपालिकामा देउडा हेर्न गएकी १५ वर्षीया किशोरी बलात्कारमा परेकी छन्। यही भदौ २१ गते राति चार जनाले सामूहिक बलात्कार गरेको भन्दै ती किशोरीले इलाका प्रहरी कार्यालय (सुखड) मा जाहेरी दर्ता गराएकी छन्।

आरोपित चारमध्ये तीन जनालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय (सुखड) का प्रहरी नायब उपरीक्षक लक्ष्मण शाहीले बताए। काम छ भन्दै एकान्तमा बोलाई जबरजस्तीकरणी गरेको आरोप जाहेरीपत्रमा लगाइएको छ। 

ती किशोरी सुखड बजारको हेलीप्याडमा भइरहेको देउडा हेर्न गएका बेला घटना भएको प्रहरीले बताएको छ। बलात्कृत किशोरीलाई भोलिपल्ट भदौ २२ गते बिहान असामान्य अवस्थामा बजारमा हिँडिरहेको प्रहरीले देखेपछि उपचारका लागि अस्पतालसम्म पुर्याएको प्रनाउ शाहीले बताए। 

‘भदौ २२ गते बिहान प्रहरीले सुखड बजारमा ती किशोरीलाई असामान्य अवस्थामा फेला पार्यो, प्रहरीले नै उपचारका लागि स्थानीय अस्पतालमा लग्यो। त्यो समयमा ती किशोरी बोल्न सक्ने अवस्थामा थिइनन्’, प्रनाउ शाहीले भने, ‘केही समयको उपचारपछि उनको होस खुल्यो, उनलाई आफन्तको जिम्मा लगायौँ।’ 

बलात्कृत किशोरीले बिहीबार इलाका प्रहरी कार्यालयमा किटानी जाहेरी दिएपछि आरोपित चारमध्ये तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको र पीडित बालिकाको उपचार भइरहेको उनले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .