ad ad

कारोबार


‘पूर्वाधार विकासको बाधक पुँजी नभई अस्थिर नीति’

‘पूर्वाधार विकासको बाधक पुँजी नभई अस्थिर नीति’

नेपालखबर
भदौ २३, २०७९ बिहिबार १२:५९, काठमाडौँ

नेपालको पूर्वाधार विकासमा पुँजी नभई अस्थिर नीति मुख्य समस्या रहेको सरोकारवालाले बताएका छन्। 

काठमाडौंमा सुरु भएको २ दिने नेपाल इन्फ्रास्टक्चर समिटमा निजी क्षेत्रका प्रतिनिधिले नीतिमा स्थिर रहनुपर्ने बताएका छन्। 

चौधरी ग्रुपका निर्देशक निर्वाण चौधरीले नेपालको पूर्वाधारमा लगानी गर्न पुँजीभन्दा अस्थिर नीतिले असहज भएको बताए। 

‘सरकारको अस्थिर नीतिप्रति नेपाली निजी क्षेत्र जानकार छ’, चौधरीले भने, ‘विदेशी कम्पनीले नेपाललाई कसरी विश्वास गर्न सक्छन्?’

उनले अरु देशले लगानीको लागि सहज वातावरण बनाउँदा लगानीकर्ता नेपालमा आकर्षित हुन नसक्ने बताए। 

पूर्वअर्थमन्त्री युवराज खतिवडाले कुन क्षेत्र र कहाँ लगानी गर्ने स्पष्ट हुनुपर्ने बताए। उनले केही नीति परिवर्तन भए पनि केही बाँकी रहेको भन्दै पूर्वाधार क्षेत्रमा वार्षिक २० खर्ब लगानी हुनुपर्ने बताए। 

उनले आवश्यक पूर्वाधार सँगसँगै निर्माण गर्नुपर्ने बताए। 

‘केही वर्षअघि औद्योगिक पूर्वाधार निर्माण गरौँ भन्दा विद्युतीय पूर्वाधार छैन भनियो’, खतिवडाले भने, ‘अहिले विद्युत् पाउनथालेका छौँ। औद्योगिक पूर्वाधार छैन।’

उनले अब नेपालले पर्यटन, यातायात र हाइड्रोमा लगानी बढाउनुपर्ने बताए। नेपालका साना पूर्वाधार स्वपुँजीबाट निर्माण गर्न सकिने, मझौला खालका पूर्वाधारको लागि बैंक तथा वित्तीय संस्थाले लगानी गर्नसक्ने बताए। ठूला पूर्वाधारको लागि बहुक्षेत्रबाट लगानी गर्नुपर्ने बताए। 

नेपालको पूर्वाधार निर्माणमा निजी क्षेत्रले लाइसेन्स होल्ड गर्दा पनि समस्या रहेको खतिवडाले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .