ad ad

खेल


साफ च्याम्पियनसिप : साविक विजेता भारतको विजयी सुरुवात

साफ च्याम्पियनसिप : साविक विजेता भारतको विजयी सुरुवात

नेपालखबर
भदौ २२, २०७९ बुधबार १५:९, काठमाडौँ

साविक विजेता भारतले साफ महिला च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा भारतले पाकिस्तानलाई ३–० ले पराजित गरेको हो। खेलको पहिलो हाफमा २–० ले अग्रता बनाएको भारतले दोस्रो हाफमा १ गोल थप्यो। 

भारतले पहिलो हाफमा उपहार गोलमार्फत सुरुवाती अग्रता बनाएको थियो। खेलको २१ औँ मिनेटमा पकिस्तानकी फरवर्ड जुफिया नजिरले दिएको क्रसपासलाई कप्तान मारिया जमिलाले क्लियर गर्न खोज्दा गोलमा परिणत भएको थियो। 

त्यसको दुई मिनेटपछि नै भारतले अग्रता दोब्बर पार्यो। २३ औँ मिनेटमा अन्जु तामाङको पासमा ग्रेस दाङमेले गोल गर्दै अग्रता दोब्बर पारिन्। 

त्यसअघि खेलको पाँचौ मिनेटमा पाकिस्तानले अग्रता बनाउने मौका पाएपनि फस्ट बारबाट बाहिरियो। 

खेलको ६१ मिनेटमा पाकिस्तानकी जुफिया नाजिरले हानेको प्रहार भारतकी गोलरक्षक अदिति चौहानले सहज बचाउ गरिन्।

दोस्रो हाफको इन्ज्युरी समयमा गोल गर्दा भारतले ३–० गोल अन्तरले खेल आफ्नो पक्षमा पारेको हो। रञ्जना चानुको क्रसमा सौम्याले गोल गरिन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .