सेयरबजारमा आज ८२ करोड रुपैयाँको मात्र कारोबार भएको छ।
सूचक निरन्तर घट्दै जाँदा कारोबार रकम पनि अर्बभन्दा कम हुनथालेको हो।
बुधबार नेप्से ११.९७ अंकले र सेन्सिटिभ सूचक १.७० अंकले घटेको हो।
आज २२४ कम्पनीको २९ लाख ४३ हजार कित्ता सेयर बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
आज १३ वटै उपसमूहका सूचक राताम्य छन्। यसअनुसार ३१ कम्पनीको सेयर बढेको छ भने १४७ वटाको घटेको छ। १० वटाको उही मूल्यमा कारोबार भएको छ।
लगानीकर्ताहरुले आज ७.७२ प्रतिशतसम्म कमाउँदा ५.८८ प्रतिशतसम्म गुमाउनुपरेको छ।
बुधबार नेपाल टेलिकमको ५ करोडको सर्वाधिक कारोबार भएको छ।
36
Shares
प्रतिक्रिया