ad ad

खेल


साफ च्याम्पियनसिप : भुटानविरुद्धको खेलमा अमिशा र दीपाको डेब्यु

साफ च्याम्पियनसिप : भुटानविरुद्धको खेलमा अमिशा र दीपाको डेब्यु

अमिशा र दीपा।


नेपालखबर
भदौ २१, २०७९ मंगलबार १७:६, काठमाडौँ

फरवर्ड अमिशा कार्कीले घरेलु मैदानमा सुरु साफ महिला च्याम्पियनसिपबाट राष्ट्रिय टोलीमा डेब्यु गरेकी छिन्।

साफ च्याम्पियनसिपअन्तर्गत भुटानसँगको खेलमा सुरुवाती रोजाइमा उनी परेकी हुन्। 

यो अमिशाको सिनियर टोलीमा डेब्यु खेल हो। यसअघि राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा परे पनि टोलीमा स्थान बनाउन नसकेकी उनी यो पटक भने राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भइन्। 

अमिशाले महिला टोलीको यू–१५ र यू–१९ बाट नेपालको प्रतिनिधित्व गरिसकेकी छिन्। स्याङ्जाको वालिङबाट खेल्दै आएकी अमिशा पछिल्लो समय भने त्रिभुवन आर्मी फुटबल क्लबमा आबद्ध छिन्। 

दीपाले पनि गरिन् राष्ट्रिय टोलीमा डेब्यु
मिडफिल्डर दिपा शाहीले राष्ट्रिय टोलीमा डेब्यु गरेकी छिन्। 

दीपाले घरेलु मैदानमा सुरु साफ महिला च्याम्पियनसिपअन्तर्गत भुटानसँगको खेलमा सुरुवाती रोजाइमा स्थान बनाउँदै राष्ट्रिय टोलीमा डेब्यु गरेकी हुन्। 

उपमेयर कप राष्ट्रिय महिला लिगको छनोटमा उत्कृष्ट प्रदर्शन गरेपछि दिपाले सबैको ध्यान तान्न सफल भएकी थिइन्। दिपाले महिला लिग छनोटमा झापाको कन्काई नगरपालिकाबाट खेलेकी थिइन्। 

मध्यक्रममा आक्रामक दीपा पहिलो प्रयासमा नै टोलीमा स्थान बनाउन सफल भएकी हुन्। यसअघि फुटसल खेल्ने दीपा फुटबलमा पनि उत्तिकै छरितो छिन्। 

मिडफिल्डर दीपाले पूर्वकप्तान रेनुका नगरकोटेको अभाव हुन नदिने विश्वास गरिएको छ। पूर्वकप्तान रेनुका एशियन कपको बन्द प्रशिक्षणका क्रममा घाइते भएपछि टोलीबाहिर छिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .