नेपालको लागि एनआईयू (निउ)को विद्युतीय स्कुटरको आधिकारिक बिक्रेता इको इन्फिनिटी प्रालिले भक्तपुरमा शोरुम खोलेको छ।
कम्पनीले यसअघि नै बुटवल, बिर्तामोड र पोखरामा शोरुम खोलिसकेको छ। कम्पनीले काठमाडौंको टेकु, बौद्ध र इटहरीमा १ महिनाभित्र शोरुम खोल्ने जानकारी दिएको छ।
नेपाली बजारमा कम्पनीले पाँच वर्षयता व्यवसाय गरिरहेको छ। यसका नेपालभर २ हजारमाथि युनिट स्कुटर रहेका छन्।
सहरी यातायातको लागि ग्लोबल ब्रान्ड निउले नयाँ प्रविधि, तरिका र स्वतन्त्रतालाई आत्मसात् गरेको जनाएको छ।
इको इन्फिनिटी सन् २०१७ मा स्थापना भएको थियो। त्यसयता कम्पनीले निउको अधिकृत वितरकको काम गरिरहेको छ। नेपालभर निउका दिगो प्रोडक्टहरु उपलब्ध गराउने कम्पनीको प्रतिबद्धता छ।
63
Shares
प्रतिक्रिया