ad ad

खेल


साफ यू-१७ च्याम्पियनसिपका लागि नेपाली फुटबल टोली श्रीलंका प्रस्थान

साफ यू-१७ च्याम्पियनसिपका लागि नेपाली फुटबल टोली श्रीलंका प्रस्थान

नेपालखबर
भदौ १७, २०७९ शुक्रबार १५:३७, काठमाडौँ

साफ यू-१७ च्याम्पियनसिपका लागि नेपाली फुटबल टोली शुक्रबार श्रीलंका प्रस्थान गरेको छ। 

च्याम्पियनसिपका लागि नेपाली टोली आज दिउँसो १ बजे त्यसतर्फ प्रस्थान गरेको हो। नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार बिदाई गरेको थियो। 

च्याम्पियसिपका लागि मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले बुधबार २३ सदस्यीय अन्तिम टोलीको घोषणा गरेका थिए। 

साफ यू–१७ च्याम्पियनसिप भदौ २० देखि २९ गतेसम्म श्रीलंकामा हुँदैछ। नेपाल रहेको समूह बी मा भारत र भुटान छन्। समूह ए मा आयोजक श्रीलंकासँगै मालदिभ्स र बंगलादेश छन्। 

नेपालले भदौ २२ मा भुटानसँग खेल्दै च्याम्पियसिपको सुरुवात गर्नेछ। समूह चरणको दोस्रो तथा अन्तिम खेलमा भदौ २४ गते भारतसँग खेल्ने तालिका छ। 

समूह चरणका खेलपछि शीर्ष २ मा रहने टोलीले अन्तिम ४ मा स्थान बनाउनेछन्। सेमिफाइनलका खेल भदौ २७ गते हुनेछ। फाइनलमा पुग्ने २ टोलीले भदौ २९ गते उपाधिका लािग भिड्नेछन्। 

साफ च्याम्पियनसिपपछि यही टोलीले सन् २०२३ मा हुने एएफसी यू–१७ एशिया कप छनोट खेल्ने एन्फाले जनाएको छ। 

नेपाली टोली
गोलकिपर– कृशल मोक्तान, समिर चन्द, रुबिन बोगटी

डिफेन्डर– अश्विन घोरासैनी, सिमन्त थापा, युनेश बुढाथोकी, मदन पौडेल, दिपक थापा मगर, निशान्त तामाङ, युनिश मगर, विक्रम तामाङ, प्रितम कार्की, धिरज विश्वकर्मा

मिडफिल्डर– प्रशान्त लक्षम, मिराक लिङ्देन, सरोज दर्लामी, हरिशराज भट्ट, लच्छु थापा

फरवार्ड– निरज कार्की, धनसिंह विक, विनोद केसी, सिजल राई, सुवास बम

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .