राजनीति


प्रधानमन्त्रीका प्रेस सल्लाहकार परियार काठमाडौं ६ बाट समानुपातिकतर्फ सिफारिस

प्रधानमन्त्रीका प्रेस सल्लाहकार परियार काठमाडौं ६ बाट समानुपातिकतर्फ सिफारिस

नेपालखबर
भदौ १७, २०७९ शुक्रबार १५:४८, काठमाडौँ

प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियार काठमाडौं क्षेत्र नम्वर ६ बाट समानुपाति सांसदको लागि सिफारिस भएका छन्। 

क्षेत्रीय समितिको बिहीबार बसेको बैठकले परियारलाई प्रतिनिधिसभाको समानुपातिकतर्फ सांसदका लागि पुरुषतर्फ उनको एकल नाम सिफारिस  गर्ने निर्णय गरेको हो। परियार सोही क्षेत्रबाट महाधिवेशन प्रतिनिधि छन्। 

गत दश वर्षदेखि काठमाडौं महानगरपालिका वडा नम्वर २६ बाट कांग्रेसको क्रियाशील सदस्य रहेका परियार यसअघि पार्टीको केन्द्रीय प्रचार विभागको सदस्य पनि थिए। 

विभिन्न सञ्चारमाध्यममा रहेर १५ वर्ष पत्रकारिता गरेका परियारलाई यसअघि २०७४ सालमा शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा वरिष्ठ संचार विज्ञमा नियुक्त गरेका थिए।

प्रधानमन्त्रीको प्रेस सल्लाहकारको रुपमा उनको यो दोस्रो कार्यकाल हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .