ad ad

खेल


च्याम्पियन्स लिगको ड्र सार्वजनिक, बार्यन म्युनिख र बार्सिलोना एउटै समूहमा

च्याम्पियन्स लिगको ड्र सार्वजनिक, बार्यन म्युनिख र बार्सिलोना एउटै समूहमा

नेपालखबर
भदौ ९, २०७९ बिहिबार २३:२७, काठमाडौँ

यूईएफए च्याम्पियन्स लिगको समूह चरणको ड्र सार्वजनिक भएको छ। टर्कीको इस्तानबुलमा बिहीबार राति सिजन २०२२/०२३ को ड्र सार्वजनिक भएको हो।

जसमा समूह सीमा बार्यन म्युनिखसँगै बार्सिलोना पनि परेको छ। यही समूहमा इन्टर मिलान र भिक्टोरिया प्लेजन छन्। 

पछिल्लो पटक पनि बायर्नसँगै पराजित हुँदै च्याम्पियन्स लिगबाट बाहिरिँदै आएको बार्सिलोनाले पुनः पुरानै प्रतिस्पर्धी पाएको हो। तर यो सिजन विगतभन्दा फरक छ। बायर्नका प्रमुख स्ट्राइकर रोवर्टो लेवान्डोस्की बार्सिलोनामा छन्। 

समूह चरणमै लेवान्डोस्कीले आफ्नो पुरानो क्लबविरुद्ध खेल्नु पर्ने भएको छ। यसअघि उनकै मुख्य भूमिकामा बार्सिलोनाले लज्जास्पद हार ब्यहोरेको थियो। यसपटक बार्सिलोनालाई जोगाउनु पर्ने दायीत्व उनीमाथि हुनेछ। यो समूहलाई यसपटकको ग्रुप अफ डेथ मानिएको छ। 

उता फ्रेन्चक्लब पीएसजी र इटालियन क्लब युचेन्टस एउटै समूह एचमा छन्। ​


कुन समूहमा कुन टिम ? 

समूह ए : आयाक्स, लिभरपुल, नापोली, रन्जर्स

समूह बी : पोर्टो, एट्लेटिको म्याड्रिड, बायर लेभरकुसन, क्लब ब्रुज

समूह सी : बायर्न म्युनिख, बार्सिलोना, इन्टर मिलान, भिक्टोरिया प्लेजन

समूह डी : आइन्ट्राक्ट फ्रान्कफर्ट, टोटेनहम हट्सपर, स्पोर्टिङ लिस्बन, मार्से

समूह ई : एसी मिलान, चेल्सी, आरबी साल्जबर्ग, डिनामो जाग्रेब

समूह एफ : रियल म्याड्रिड, आरबी लाइप्जिग, शाख्तार डोनेस्क, सेल्टिक

समूह जी : म्यानचेस्टर सिटी, सेभिया, बोरुसिया डर्टमुन्ड, कोपनहेगन

समूह एच : पेरिस सेन्ट जर्मेन, युभेन्टस, बेन्फिका, मक्काबी हाइफा


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .