ad ad

खेल


नयाँ खेलाडी भित्र्याउन हौसियो, बेच्न सकेन बार्साले

नयाँ खेलाडी भित्र्याउन हौसियो, बेच्न सकेन बार्साले

नेपालखबर
भदौ ७, २०७९ मंगलबार १९:२८, काठमाडौँ

खेलाडी किनबेचको जारी अवधिमा सबैभन्दा आक्रामक देखिएको बार्सिलोना संकटमा पर्दै गएको छ।

आफूले चाहेका स्टारहरु सहजै भित्र्याएको बार्सिलोनाले बेच्न भने सकेको छैन। जसका कारण नयाँ खेलाडी नै ला लिगामा दर्ता गर्न सकेको छैन।

स्पेनिस क्लब सेभियाबाट भित्र्याएका जुलेस कुन्डे दोस्रो खेल सकिँदा पनि दर्ता हुन सकेका छैनन्। बार्सिलोनाले लेवान्डोस्की, राफिन्हा, क्रिस्टेन्सन र फ्रान्क केस्सीलाई भने दर्ता गरिसकेको छ।

पुराना खेलाडी बिक्रि गरेर कुन्डेलाई दर्ता गर्ने बार्साको योजना छ।

बार्साले अहिले पनि आधा दर्जन खेलाडीको बिदाइका लागि छलफल गरिरहेको छ। बार्साले बिदाइ गर्न चाहेका खेलाडीमा डिफेन्डर सामुयल उम्टिटी, बार्टिन ब्राथवेट, सर्जिनो डेस्ट, पियानिज, मेम्फिस डिपाय, ओवामेयाङ लगायत छन्। यस्तै फ्रान्कि डे जोङलाई समेत बेच्न चाहेको स्पेनिस मिडियाको दाबी छ। 

तर नयाँ सिजनमा पनि उनले भने मैदानमा पर्याप्त समय पाइरहेका छन्। डे जोङलाई ठूला क्लबहरुले अफर गरेको र क्लबबिच सहमती भए पनि उनले बार्सा छाड्न चाहेका छैनन्।

यसअघि किनेकै खेलाडी दर्ता गर्न नसकेपछि अन्य नयाँ खेलाडी भित्र्याउने छलफलमा बार्सा रोकिएको छ। डेजोङ बिक्रि गर्ने योजनाबाट पनि पछि हटेको छ।

यसअघि बार्साले सिटीबाट मिडफिल्डर बर्नान्डो सिल्भा र चेल्सीबाट डिफेन्डर अज्पिलिक्वेटा भित्र्याउने चर्चा थियो।

तर कुन्डेलाई दर्ता गर्नै दुई खेलाडी बेच्नु पर्ने भएपछि बार्साले छलफल अगाडि बढाएको हो। ओवामियाङ र डिपाय बिदाइको नजिक छन्।

ओवामियाङलाई चेल्सीले भित्र्याउने संभावना छ। उनलाई ३० मिलियनमा बेच्ने गरी छलफल भइरहेको छ। 

यस्तै डिपायलाई युभेन्टसले भित्र्याउन प्रयास गरिरहेको छ। उनलाई भने बार्साले सित्तैमा बिदा गर्न लागेको हो। सम्झौता खारेज गरेर डिपायको बिदा गर्ने बार्साको तयारी छ। 

उम्टिटीको पनि अझै क्लब टुंगो लागेको छैन। डेस्टको विषयमा पनि कुनै क्लबसँग सहमती भएको छैन। ब्रेथवेट क्लबको योजनामा नरहेको प्रश्ट भइसक्दा पनि क्लबमै छन्। 

ला लिगामा ट्रान्सफर मार्केट सेप्टेम्बर १ मा बन्द हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .