घरेलु मैदानमा जारी १३ औं दक्षिण एशियाली खेलकुद साग अन्तर्गत महिला फुटबलको उपाधिका लागि सोमबार नेपाल र भारतबीच प्रतिस्पर्धा भैरहेको छ।
पोखरा रगंशालामा खेलको १७औं मिनेटमा किपर बिट भएको अवस्थामा बाला देबीले गोल गरिन्।
खेलको सुरुवातबाट नै दबाबमा राखेको नेपालले पाएको केही सुन्दर मौकाको सदुपयोग भने गर्न सकेन।

समुह चरणमा भारत समुह विजेता र नेपाल उपविजेताको रुपमा फाइनल प्रवेश गरेका हुन्।
समुह चरणको भेटमा नेपाल भारतसँग १–० ले पराजित भएको थियो। घरेलु मैदानमा नेपाल उपाधि हत्याउने दाउमा छ।
साग फुटबलमा नेपाली टोलीका लागि संधै भारत नै तगारो बन्दै आएको छ।

प्रतिक्रिया