खेल


साग बक्सिङः ९ नेपाली फाइनलमा

साग बक्सिङः ९ नेपाली फाइनलमा

नेपालखबर
मंसिर २३, २०७६ सोमबार ७:४४,

आइतबार भएको सेमिफाइनलमा नेपालका माला राई र सनिल शाही र गणेश प्रधानले फाइनलमा स्थान पक्का गरेसंगै नौ नेपाली बक्सर फाइनल पुगेका हुन्।

महिला ५१ केजीमा नेपालकी माला राईले श्रीलंकाकी कोसला निलमिनी अथाववुदा अचीलागेलाई अंकको आधारमा पराजित गर्दै फाइनलमा प्रवेश गरिन्।

त्यस्तै पुरुष ६० केजीमा श्रीलंकाका जीवन्थ निशान्का बामुनु आराछिललाई अंकको आधारमा पराजित गर्दै सनिल शाहीले पनि फाइनलमा प्रवेश पाए।

यसैगरी पुरुष ८१ केजी तौलको सेमिफाइनलमा नेपालका गणेश प्रधानले भारतका सचिन कुमारलाई आरएससीको आधारमा पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरे।

खेल सुरु भएको ३० सेकेन्ड नबित्दैे भारतीय मुक्केबाजलाई चोट लागेपछि रेफ्रिले प्रधानलाई विजयी घोषित गरेका हुन्।

त्यस्तै ५१ केजीको अर्को खेलमा भारतकी पिंकी रानीले पाकिस्तानकी रजिया बानो अजिजलाई अंकको आधारमा पराजित गर्दै फाइनलमा नेपालकी मालासंग स्वर्णका लागि भिडन्त पक्का गरिन्।

त्यस्तै ५७ केजीको खेलमा नेपालका चन्द्रकला थापा भने श्रीलंकाकी क्रिस्मि अयोमा दुलान्ज लंकापुरायालागसंग पराजित भइन्।

लंकापुरायालागे भारतकी सोनिया लाथेरसंग स्वर्णका लागि खेल्ने छन्। लाथेर भने पाकिस्तानकी मेहरीनलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेकी हुन्। महिला ६४ केजीमा भारतकी मन्जु बम्बोरियाले पाकिस्तानकी रुकशाना परभीनलाई हराउँदै फाइनलमा स्थान बनाइन्।

पुरुष ५२ केजीमा पाकिस्तानका सईद मुहमद आसिफले श्रीलंकाका लासिन्दु इरान्दा कुदा भीथानागेलाई हराए। यसै तौल समूहको अर्को खेलमा नेपालका तेज बहादुर देउबा भारतका स्पर्श कुमारसंग अंकको आधारमा पराजित हुदै काश्यमा सिमित भए । जितसंगै भारतका स्पर्शले फाइनलमा स्थान बनाए।

६० केजीकै अर्को खेलमा भारतका बरिन्दर सिंहले बंगलादेशका सूरा कृष्ण चक्मालाई हराउदै फाइनलमा नेपालका सनिलसंग स्वर्णका लागि भिडन्त पक्का गरे। यसैगरी ६९ केजी तौलमा पाकिस्तानका गुल जाइबले बंगलादेशका मोहमद अब्दुर रहीमलाई हराए। यसै तौलको अर्को खेलमा नेपालका बिकास लामा भारतका कृशन बिकाशसँग अंकको आधारमा पराजित भए।

यसैगरी ८१ केजी तौलमा पाकिस्तानका अवाईस अली खानले श्रीलंकाका रूमेश सान्डाकेलूम वान्नी अराचचिगेलाई पराजित गरे। यसैगरी ९१ केजी भन्दा माथिको भिडन्तमा भारतका नरेन्दरले श्रीलंकाका बुवानेका ईराण्डा अड्डुराकाराम राल्लागेलाई हराउँदै नेपालका आशिष दुवादीसँग फाइनलमा भेट पक्का गरे। सोमबार र मंगलबार क्रमशः फाइनलका आठ आठ बाउट हुनेछ।

फाइनल पुग्ने नेपाली खेलाडीहरुः

महिला तर्फः

ललिता महर्जन ९४८ केजी०, माला राई ९५१ केजी० मिनु गुरुङ ९५४ केजी०, संगीता सुनार ९६० केजी०, पूनम रावल ९६४ केजी०

पुरुष तर्फः

आशिष दुवाडी ९९१ केजी भन्दा माथि०, भूपेन्द« थापामगर ९६४ केजी० सनिल शाही ९६० केजी०, गणेश प्रधान ९८१ केजी०

काश्य पदक पक्का हुने नेपाली खेलाडीहरुः

सुशील थापामगर, पूरन राई, अर्जुन सिगु, तेज बहादुर देउबा, बिकास लामा, चन्द्रकला थापा।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad