राजनीति


भ्रष्टाचारी जुनसुकै ओहोदाको भए पनि छुट पाउँदैनः उपप्रधानमन्त्री पोखरेल

भ्रष्टाचारी जुनसुकै ओहोदाको भए पनि छुट पाउँदैनः उपप्रधानमन्त्री पोखरेल

नेपालखबर
मंसिर २३, २०७६ सोमबार ७:३३,

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले भ्रष्टाचार गर्ने जुनसुकै ओहोदाको व्यक्ति भए पनि छुट नदिने प्रतिवद्धता जनाएका छन्।

भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवशरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पोखरलेले ठूला माछा र साना माछाको प्रसंग चल्ने गरेको बताउँदै भ्रष्टाचारमा संलग्न जुनसुकै व्यक्तिले पनि छुट नपाउने प्रतिवद्धता जनाएका हुन् । ‘भ्रष्टाचारका सवालमा ठूला माछा र साना माछाको प्रसंग चल्छ। जुनसुकै पद र ओहोदामा बसेको व्यक्ति भए पनि भ्रष्टाचारमा संलग्न भए कोही पात्र पनि छुट पाउने छैन्। छुट दिइने छैन्। यो प्रतिवद्धता हो’, उनले भने।

उनले राजनीतिको संरक्षणमा त्यस्ता कर्महरु हुन्छन् भने तिनीहरुले छुट नपाउने कुरामा विश्वस्त हुन आग्रह समेत गरेका छन्। भ्रष्टाचारीहरुलाई राजनीतिको संरक्षण हुने गरेका÷भनिएका कुनै पनि भ्रष्टाचारजन्य कामहरुले छुटन नपाउने उनको भानइ थियो। जुनसुकै तहमा रहेको राजनीतिक नेतृत्वबाट भ्रष्टाचारजस्तो दुस्कर्म भएको भेटिए दण्डनीय हुने पोखरेलको भनाइ छ।

भ्रष्टाचारले नियमित, आकस्मिक र सामाजिक जीवनलाई तहसनहस गर्ने बताउँदै उनले त्यस्ता कार्यमा संलग्न व्यक्तिले कुनै न कुनै रुपले दुस्परिणाम भोग्ने कुरा सत्य भएको बताए।

भ्रष्टाचार नियन्त्रणका लागि सार्वजनिक पदमा रहेका व्यक्तिहरुले आफु पनि भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने संकल्पलाई व्यवहारमा रुपान्तरण गरेमात्रै दिवस मनाउनुले सार्थकता पाउने पोखरेलले बताए। उपप्रधानमन्त्री पोखरेलले सरकारी, गैह्र सरकारी, नीजि क्षेत्रहरुले सचेतना अपनाएर भ्रष्टाचारीलाई निरुत्साहन र सदाचारीर्लाइ प्रोत्साहन गर्न सकेमा सुखी र समृद्ध भविष्यको आधारशीला निर्माण हुने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad