खेलको १८ औं मिनेटमा माल्दिभ्सका इब्राहिम हुसेनले नेपालविरुद्ध गोल गरेका हुन्।
हाल दशरथ रंगशालामा पहिलो हाफको खेल जारी छ।
आजको खेल जिते नेपालले फाइनल चरणमा पुग्ने सम्भावना बलियो बनाउने छ।
पराजित भएमा बंगलादेश र नेपालबीच हुने आइतबारको खेलले नेपाल फाइनल पुग्ने नपुग्ने निर्धारण हुनेछ।
नेपालले यसअघि पहिलो खेलमा भुटानलाई ४–० गोल अन्तरले पराजित गरेको थियो। दोस्रो खेलमा नेपाल माल्दिभ्ससँग १–१ गोलको बराबरीमा रोकिएको थियो।
प्रतिक्रिया