माल्दिभ्सले खेलको १८ औं मिनेटमा इब्राहिम हुसेनको गोलबाट सुरुवाती गोलको अग्रता लिएको थियो।
नेपालले खेलको ४३ औं मिनेटमा बराबरी गोल फर्काएको हो। नेपालका अभिषेक रिजालले आकर्षक गोलगर्दै बराबरी गोल फर्काएका हुन्।
आजको खेल जिते नेपालले फाइनल चरणमा पुग्ने सम्भावना बलियो बनाउने छ।
पराजित भएमा बंगलादेश र नेपालबीच हुने आइतबारको खेलले नेपाल फाइनल पुग्ने नपुग्ने निर्धारण हुनेछ।
नेपालले यसअघि पहिलो खेलमा भुटानलाई ४–० गोल अन्तरले पराजित गरेको थियो। दोस्रो खेलमा नेपाल माल्दिभ्ससँग १–१ गोलको बराबरीमा रोकिएको थियो।
खेल दशरथ रंगशालामा भइरहेको हो। यतिबेला हाफटाइम भएको छ। दोस्रो हाफ केहीबेरमा सुरु हुनेछ।
3
Shares
प्रतिक्रिया