नेपाल प्रहरीले ८ एसपी र २७ डीएसपीको एकसाथ काज सरुवा गरेको छ।
प्रहरी प्रधान कार्यालय, मानववस्रोत एवं प्रशासन विभाग प्रशासन उपशाखाले ८ एसपी र २७ डीएसपीको शुक्रबार सरुवा गरेको जानकारी दिएको छ।
प्रहरी प्रधान कार्यालय कानुन शाखाका एसपी जनार्दन बीसीलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जामा, स्याङ्जाका राजकुमार लम्साललाई जगेडापुल नक्सालमा काज सरुवा गरिएको छ। सर्लाहीका गोपालचन्द्र भट्टराई प्रहरी प्रधान कार्यालयको कानुन शाखामा र सुरक्षा सेवा व्यवस्थापन निर्देशनालयका विश्वमणि पोखरेललाई जिल्ला प्रहरी कार्यालय सर्लाहीमा काज सरुवा गरिएको छ।

यसैगरी महानगरीय ट्राफिक प्रहरी महाशाखाका रविकुमार पौडेललाई जिप्रका काभ्रेमा र काभ्रेका जयराज सापकोटालाई २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरमा काज सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। छ।
यस्तै धादिङका एसपी राजकुमार बैदवारलाई महानगरीय ट्राफिक प्रहरी महाशाखामा र कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका रविन्द्र रेग्मीलाई जिल्ला प्रहरी कार्यालय धादिङमा काज सरुवा गरिएको छ।
२७ डीएपीको काज सरुवा
प्रहरी प्रधान कार्यालयले उपत्यकाका केही स्थानसहित २७ डीएसपीको पनि काज सरुवा गरेको छ।
यसरी सरुवा हुनेमा मोरङका डीएपी घनश्याम श्रेष्ठलाई महानगरीय प्रहरी वृत्त थानकोटमा ल्याइएको छ भने साइबर व्यूरो काठमाडौंका यादव ढकाललाई वडा प्रहरी कार्यालय बैदाम कास्ी पु¥याइएको छ।
त्यस्तै महानगरीय प्रहरी वृत्त बालाजुका बालनरसिंह राणाको साइबर ब्युरोमा काज सरुवा भएको छ।
जिप्रका बारका डीएसपी रञ्जितसिंह राठौरको महनगरीय प्रहरी वत्त बालाजुमा, गोरखाका मित्रबन्धु शर्मालाई वृत्त सातदोबाटो ल्याइएको छ।
हेरौँ को कहाँ पुगे





प्रतिक्रिया