ad ad

खेल


नेपाली राष्ट्रिय टोली स्वदेश फिर्ता

नेपाली राष्ट्रिय टोली स्वदेश फिर्ता

नेपालखबर
साउन ३, २०७९ मंगलबार १७:१, काठमाडौँ

आईसीसी लिग २ अन्तर्गत एक दिवसीय त्रिकोणामक सिरिजका लागि स्कटल्याण्ड भ्रमण सकेर नेपाली राष्ट्रिय क्रिकेट टोली मंगलबार स्वदेश फर्केको छ। 

स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछानेले आफुले जे सोचेर गएको थियो त्यसमा सफल भने हुन भने नसकेको बताए।

‘हामीले हाम्रो गल्तीहरूलाई सुधार गर्दै बाँकी १६ खेललाई जित्न जरुरी छ। खेल अघि राम्रो टिमसँग प्रशिक्षण गर्न पाएका थियौँ। बिस्तारै परिवर्तन हुँदै जान्छ’ उनले थपे, ‘युवा खेलाडी छन्, नयाँ कन्डिसन भएको कारण पनि केही गाह्रो भएको हो। सबै च्यालेन्ज पार गर्न सक्यौ भने अर्को लेभलमा जान सक्छौँ।’ 
सन्दीपले आफूलाई कप्तानको रुपमा भन्दा पनि खेलाडीको रुपमा आगाडि राख्ने बताए।

‘टिम हार्नु भनेको म आफै हार्नु हो। टोली राम्रो छ तर हामी हाम्रो क्षमता अनुसार खेल्न सकेका छैनौँ। सबैले आफ्नोतर्फबाट राम्रो खेल्न प्रयास गर्नुपर्छ’ उनले भने। 

प्रशिक्षक परिवर्तनको विषयमा यस्तो कुरा आउनु स्वभाविक रहेकाे उनकाे भनाइ छ।

‘हामीले ताली मात्र हैन गाली पनि सहनुपर्छ। हामी जे छौँ, उहाँले गर्दा नै हो। ब्याटिङको समस्या पहिलाबाट नै हो तर अहिले आएर देखिएको मात्र हो’ उनले भने, ‘खेलाडी पनि जिम्मेवार भएर खेल्नुपर्छ। यस्ताे बेलामा हामीले व्यक्तीगत भन्दा टोलीको लागि सोचेर खेल्नुपर्ने हुन्छ।’ 

आइसीसी लिग–२ अन्तर्गत त्रिकोणात्मक एक दिवसीय सिरिजमा नामिबिया र स्कटल्याण्डसँग ४ खेल खेलेको थियो। सिरिजका ४ खेलमध्ये ३ खेल जित्ने लक्ष्यमा स्कटल्याण्ड भ्रमणमा गएको नेपाली टोलीले एक खेलमा मात्र जित निकालेको थियो।

नेपाल नामिबियासँग ६३ र ४० रनले पराजित भएको थियो। स्कटल्याण्डलाई एक खेलमा ५ विकेटले हराउँदै ऐतिहासिक जित निकालेको थियो। अर्को खेलमा भने ८ विकेटको फराकिलो हार व्यहोरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .