महिला युरोपेली च्याम्पियन्सिप अन्तर्गत सोमबार भएको खेलमा आइसल्याण्ड र फ्रान्स १–१ को बराबरीमा रोकिएका छन्।
एक खेल अगावै क्वार्टरफाइनलमा पुगिसकेको फ्रान्सलाई बराबरीमा रोके पनि आइसल्याण्ड भने क्वार्टरफाइनलमा पुग्न असफल भएको छ।
सोमबार भएको अर्को खेलमा बेल्जियमले इटालीमाथि १–० गोल अन्तरको जित हात पार्यो।
यससँगै बेल्जियम ३ खेलबाट ४ अंक हात पार्दै समूह डीको दोस्रो स्थानमा रह्यो भने आइसल्याण्डले तीन खेलबाट ३ अंक मात्र हात पार्न सफल भयो।
24
Shares
प्रतिक्रिया