ad ad

खेल


डेम्बेलेले अझै २ वर्ष बार्सिलोनाबाटै खेल्ने, घटाए आफ्नो पारिश्रमिक

डेम्बेलेले अझै २ वर्ष बार्सिलोनाबाटै खेल्ने, घटाए आफ्नो पारिश्रमिक

नेपालखबर
असार ३०, २०७९ बिहिबार १७:२७, काठमाडौँ

उसमान डेम्बेलेले सन् २०२४ सम्म बार्सिलोनामै रहने भएका छन्। 

बार्सिलोनासँग सम्झौता सकिएको २ सातापछि फ्रेन्चमेन डेम्बेले आफ्नो पारिश्रमिक कम गर्दै बार्सिलोनामै रहन सहमत भएका हुन्। 

आफ्नो पारिश्रमिक बढाउन चाहेका डेम्बेलेका लागि आर्थिक संकटमा रहेको बार्साले तलब बढाउन नसकेपछि उनी पारिश्रमिक कम गर्दै टोलीमै रहन सहमत भएका हुन्। 

उनी केही दिनको विश्रामपछि मंगलबारबाट टोलीको प्रशिक्षणमाा सहभागी भएका छन्। क्लबसँगको सम्झौताअघि नै दुई प्रशिक्षणमा डेम्बेले सहभागी भएका थिए। 

प्रि–सिजनको तयारीका लागि शनिबार हुने युनाइटेड स्टेट्सको भ्रमण टोलीमा सहभागी हुनेछन्। 

डेम्बेले बार्सामै रहने भएपछि टोलीको अग्रपंक्ति बलियो देखिएको छ। कमजोर आर्थिक अवस्थाबाट गुज्रिरहेको बार्सा कम पारिश्रमिकमा नाम चलेका ठूला खेलाडी भित्र्याउन प्रयासरत छ। 

बार्सासँग ३० जुनमा सम्झौता सकिएपछि डेम्बेले चेल्सी जाने चर्चा चलेको थियो। 

डेम्बेलेलाई भित्र्याउन चेल्सीसँगै बोरुसिया डर्टमन्डलगायतका अन्य क्लब पनि इच्छुक थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .