ad ad

खेल


काठमाडौं ब्याडमिन्टनद्वारा खेलाडी सम्मानित, १५ लाखको प्रायोजन सम्झौता

काठमाडौं ब्याडमिन्टनद्वारा खेलाडी सम्मानित, १५ लाखको प्रायोजन सम्झौता

नेपालखबर
असार २९, २०७९ बुधबार १९:२, काठमाडौँ

गुरुपूर्णिमाको अवसरमा काठमाडौं ब्याडमिन्टन एकेडेमीले ब्याडमिन्टनका खेलाडी उत्पादनमा भूमिका निर्वाह गरेको भन्दै प्रशिक्षकसहित अन्यलाई सम्मान गरेको छ। 

एकेडेमीले बुधबार काठमाडौमा एक कार्यक्रम गर्दै खेलाडी उत्पादनमा भूमिका निर्वाह गरेका प्रणवकुमार तालुकदर, उत्तम सिंखडा, प्रकाश उदय, धर्मलाल श्रेष्ठ, रजनी जोशी, उदयकुमार श्रेष्ठ, महेन्द्रलाल श्रेष्ठ, शान्ति मानन्धरलाई सम्मान गरेको हो। 

ब्याडमिन्टन विकासमा योगदान पुर्याएको भन्दै एकेडेमीले त्रिरत्न मानन्धरलाई विशेष सम्मान गरेको थियो। खेलकुद पत्रकार कुशल तिमल्सिनालाई पनि सोही अवसरमा १५ हजार रुपैयाँ सहित सम्मान गर्यो। 

पूर्वप्रशिक्षक तथा पत्रकारलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, नेपाल ओलम्पिक कमिटी (एनओसी) का महासचिव निलेन्द्रराज श्रेष्ठ, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठलगायतले सम्मान गरेका थिए।  

सोही अवसरमा एकेडेमीसँग प्रेसिडेन्सियल विजनेस स्कुलले मुख्य प्रायोजनको सम्झौता गरेको छ। सम्झौतासँगै अब एकेडेमीको नाम केबिए प्रेसिडेन्सियल काठमाडौँ ब्याडमिन्टन एकेडेमी रहनेछ। स्कुलले बार्षिक १५ लाख रुपैयाँ बराबरको प्रायोजन सम्झौता गरेको हो। 

सम्झौता अनुसार स्कुलले केबीएलाई बार्षिक ५ लाख नगद र केबीएका खेलाडीलाई प्रेसिडेन्सियल कलेजमा १० लाख बराबरको व्याचलर र मास्टर्स लेबलका कोर्स अध्ययन गर्ने सुविधा दिने एकेडेमीकी अध्यक्ष रिता विष्टले जानकारी दिईन्। स्कुलले एकेडेमीसँग दुई वर्षका लागि सम्झौता गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .