ad ad

राजनीति


प्रधानमन्त्री ओली अस्पतालबाट 'डिस्चार्ज'

प्रधानमन्त्री ओली अस्पतालबाट 'डिस्चार्ज'

नेपालखबर
मंसिर १९, २०७६ बिहिबार १०:१५,

अपेन्डासाइटिसको अप्रेसनपछि केहि दिनयता अस्पतालमा उपचाररत् प्रधानमन्त्री केपी शर्मा ओली आज (बिहीबार) अस्पतालबाट 'डिस्चार्ज' भएका छन्।

महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्रा.डा. उत्तमकृष्ण श्रेष्ठले प्रधानमन्त्रीलाइ 'केहि दिन विश्राम गर्ने सुझावसहित 'डिस्चार्ज' गरिएकाे' जानकारी सार्वजनिक गरेका हुन्।

प्रधानमन्त्री ओलीको मंसिर १० गते महाराजगञ्जस्थित साेहि अस्पतालमा अपेन्डिसाइटिसको अप्रेसन भएको थियो। त्यसयता प्रधानमन्त्रीको सोहि अस्पतालमैं उपचार भइरहेको हाे।

प्रधानमन्त्रीको १२ वर्षअघि प्रत्यारोपण गरिएको मृगौलाले काम कम गर्न थालेपछि डाक्टरहरुले पुनप्रत्यारोपणका विकल्पबारे छलफल भइरहेका बेला अपेन्डिसाइटिसको शल्यक्रिया गर्नुपरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .