ad ad

खेल


इंग्ल्याण्डमा खेल्न पाउँदाको खुसी

इंग्ल्याण्डमा खेल्न पाउँदाको खुसी

नेपालखबर
असार २७, २०७९ सोमबार १४:१६, काठमाडौँ

आकारको आधारमा कसैको पनि क्षमता मापन गर्न सकिँदैन। त्यसको एउटा गतिलो उदाहरण आइसल्यान्ड बनेको छ। आकारमा सानो भए पनि आइसल्याण्डले महिला युरोपियन च्याम्पियन्सिपको यात्रा तय गरेको छ। साथै उसले सीमित अवसरका बीच आफूलाई अब्बल प्रमाणित गरेको छ। 

अहिले महिला युरोपियन च्याम्पियनसिप २०२२ चलिरहेको छ। यसपटकको युरोमा आइसल्याण्डले सबैभन्दा सानो रंगशालामा खेलिरहेको छ तर रंगशाला सानो भए पनि उक्त रंगशालामा खेल्न पाउँदाको खुसी भने विशाल छ। 

युरोअन्तर्गत सोमबार राति भएको समूह डीको खेलमा आइसल्यान्डले बेल्जियमसँग बराबरी खेल्यो। म्यानचेष्टर सिटी एकेडेमी स्टेडियममा बेल्जियमसँग एक-एकको बराबरी गर्दै अंक बाँडेको हो। 

युरोपियन च्याम्पियसिपका लागि छनोट हुनु आइसल्यान्डको लागि आफैँमा खुसीको कुरा थियो। त्यसमाथि पनि इंग्ल्याण्डमा खेल्न पाउने कुराले उनीहरुको खुसी दोब्बर भयो। आइसल्याण्डकी कप्तान सारा जोर्क गुन्नडोटिरले भनिन्, ‘हामी इल्याण्डमा खेल्न धेरै उत्साहित थियौँ। यहाँ निकै प्रसिद्ध स्टेडियम छन्। र यो उत्कृष्ट प्रतियोगिता हुनेछ।’ 

समूह चरणका ३ मध्ये २ खेल म्याचेष्टर स्टेडियममा हुनेछ तर प्रिमियर लिग र स्थापित फुटबल लिग भएको मैदानमा भने आइसल्याण्डले खेल नहुने कुराले आइसल्याण्डका केही नराम्रो महसुस भएको थियो। 

त्यसो त आइसल्याण्डमा पनि महिला फुटबलको लागि राम्रो मैदान भने छैन। आइसल्याण्डका खेलाडीहरुले प्रशिक्षण मैदानमा खेलेर नै युरोसम्मको यात्रा तय गरेका हुन्। आइसल्याण्डकी कप्तान सारा यो आफूहरुको लागि लाजमर्दो कुरा भएको बताउँछिन्। 

म्याचेष्टर सिटीको महिला टोली र इतिहाद स्टेडियमको छायामा एकेडेमी स्टेडियम छ। यो मैदानमा पहिलोपटक सन् २००५ मा युरोको उद्घाटन खेल भएको थियो। जसको क्षमता ४ हजार ४ सय मात्र छ। 

त्यसको केही माइल पर वर्ल्ड ट्राफोर्ड स्टेडियममा महिला युरोपियन च्याम्पिनयसिप भएको थियो जहाँ ६८ हजार ८७१ जना दर्शक उपस्थित थिए। जहाँ इंग्ल्याण्डले अष्ट्रियालाई १–० ले हराएको थियो। महिला कपमा यति धेरै दर्शक उपस्थित भएको त्यो नै पहिलो थियो। 

यद्यपि एकेडेमी स्टेडियममा आइसल्यान्डकी प्रधानमन्त्री नै खेल हेर्न पुगेपछि भने त्यहाँको माहोल नै परिवर्तन भयो। उनलाई दर्शकहरुले मज्जाले साथ दिए। उनीहरुले ताली बजाएर ऊर्जा थप्ने काम गरे। 

आइसल्यान्डकी प्रधानमन्त्री क्याट्रिन ज्याकोब्सडोटिरले युरो २०२२ मा सहभागी हुन पाउनु नै ठूलो कुरा भएको भन्दै म्यानचेष्टरले पनि आफ्ना खेलाडीलाई समर्थन गरेको सुनाइन्। 

प्रधानमन्त्रीले २५ वर्ष अघिसम्म आइसल्याण्डमा महिला फुटबलको नामोनिशान पनि नरहेको भन्दै अहिले अवस्थामा निकै सुधार आएको बताइन्। पहिलाको भन्दा अहिले अवस्था धेरै सहज रहेको उनको भनाइ छ। अहिले धेरै महिला खेलाडीले युरोपका अन्य देश र अमेरिका गएर खेलिरहेका छन।

प्रधानमन्त्री क्याट्रिनले भनिन्, ‘जब म हुर्किरहेको थिएँ, त्यतिबेला फुटबलको माहोल शान्त थियो। तर अहिले समय धेरै परिवर्तन भएको छ। महिलाले अधिकारका लागि लडे र अहिले आफूलाई मनपर्ने खेल रोज्न सक्छन् र फुटबल खेल्छन् यो धेरै महत्वपूर्ण कुरा हो। अहिले अन्तर्राष्ट्रिय रुपमा पनि महिला फुटबलले धेरैको ध्यान तानिरहेको छ।’ बीबीसीबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .