ad ad

खेल


सीएसएल आइतबारदेखि एक्सन स्पोर्टसमा

सीएसएल आइतबारदेखि एक्सन स्पोर्टसमा

नेपालखबर
असार २६, २०७९ आइतबार १०:३४, काठमाडौँ

चाइनिज सुपर लिग (सीएसएल) आइतबारदेखि नेपाली दर्शकले एक्सन स्पोर्टसमा हेर्न पाउनेछन्। 

नेपाली समय अनुसार आइतवार दिउँसो सवा ४ बजे चाईनिज क्लवहरु डालिन प्रो र सान्दोङ टाइसान मैदानमा उत्रिँदै छन्। यस्तै सोमबार सवा ५ बजे सेन्जेन र बेइजिङ तथा मंगलबार सवा ४ मा साङ्घाई पोर्ट संग उहान थ्रि टाउनले प्रतिस्पर्धा गर्नेछ।

चार चरणमा विभाजन गरी खेलाइएको सीएसएलमा क्रमशः १०, ८, ८ र ८ राउन्ड खेल हुनेछ।  आइतबारदेखि पहिलो चरणको १० औं राउण्डको खेल एक्सन स्पोर्टसले प्रशारण गर्न लागेको हो।

सीएसएलको यस सिजनमा कुल १८ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्दै छन्।

विश्वकप, युरोपियन  लिग, लगायत अन्य  लिग  रुचाउँदै  आएका नेपाली फुटबलप्रेमी  दर्शकलाई  सीएसएल नयाँ फुटबल  लिग थप  हुनुको  साथै   विश्वस्तरीय फुटबल खेलाडी ब्राजिलियन खेलाडी ओस्कार, सर्जिन्ह्यो, एन्डरसन सिल्भा बेल्जियमका फेलानी, कंगोका  सेड्रिक  बकाम्बु, स्विडेनका  लार्सन विभिन्न क्लबबाट प्रतिस्पर्धा गर्ने हुँदा आकर्षणको केन्द्र हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .