पाकिस्तानसँग ४९ रनले पराजित भएसँगै दक्षिण अफ्रिका इंग्ल्याण्डमा जारी क्रिकेट विश्वकपबाट बाहिरिएको छ। ६ खेलमा दोस्रो जित हात पारेको पाकिस्तानले भने सेमिफाइनल सम्भावना कायमै राखेको छ।
हरिस सोहिलले ८९ र बाबर आजमको ६९ रन मद्दतमा टस जितेर ब्याटिङ गरेको पाकिस्तानले ३०८-७ रन बनाएको थियो।
जवाफमा कप्तान फाफ डु प्लेसिसले ६३ रनको पारी खेलेपनि दक्षिण अफ्रिका २५९-९ मा सकेटियो। यस्तै दक्षिण अफ्रिकाका लागि व्किनटन डी ककले ४७ रन जोड्दा एडिले लक्कीले अविजित ४६ रन बनाए।
दक्षिण अफ्रिकालाई सस्तैमा समेट्न पाकिस्तानका शादब खान र वाहब रियाजले ३/३ विकेट लिए।

प्रतिक्रिया