खेलको ३६ औं मिनेटमा कप्तान सुजल श्रेष्ठले पेनाल्टीमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन्।
श्रीलंकाली खेलाडीले डीबक्सभित्र अनन्त तामाङको टाउकोमा खुट्टाले हानेपछि फल भएको थियो। फलपछि नेपालले पेनाल्टी पाउँदा सुजलले गोल गरेका हुन्।
सुजलले भुटानविरुद्ध पनि दुई गोल गरेका थिए। नेपालले मंगलबार भुटानमाथि ४–० को जित निकालेको थियो।
दशरथ रंगशालामा पहिलो हाफको खेल सम्पन्न भएको छ। केहीबेरमा खेल सुरु हुनेछ।
नेपाल अंक तालिकामा ३ अंकसहित शीर्षस्थानमा छ। भुटानले पनि २ खेलमा ३ अंक जोडेको छ।
त्यस्तै माल्दिभ्सले २ तथा श्रीलंका र बंगलादेशले १–१ अंक जोडेका छन्। अंक तालिकाको शीर्ष स्थानमा रहने दुई टोलीले फाइनल खेल्नेछन्।
प्रतिक्रिया