हङकङमा तीन नेपालीसहित ६ हजार आन्दोलनकारी पक्राउ

हङकङमा तीन नेपालीसहित ६ हजार आन्दोलनकारी पक्राउ

मगेन्द्र राई
मंसिर १८, २०७६ बुधबार ११:१७,

विगत ६ महिनादेखि हङकङमा जारी सरकारविरोधी आन्दोलनका क्रममा अहिलेसम्म ५ हजार ८ सय ५६ जना पक्राउ परेको सरकारले जनाएको छ।

बुधबार हङकङका सुरक्षा सचिव जोन लीले विधान परिषद्मा ५ हजार ८ सय ५६ जना पक्राउ परेको र २ सय २० जना रिहा भइसकेको जनाएका छन्।

 सुरक्षा सचिल लीका अनुसार गत नोभेम्बर २१ सम्म उक्त संख्यामा आन्दोलनकारीहरु पक्राउ परेका हुन। पक्राउ पर्नेहरुको ९०० भन्दा बढीलाई गैर कानुनी जुलुस र सार्वजनिक स्थलमा भेला भएको अभियोग लगाइएको छ।

त्यस्तै पक्राउ पर्नेहरुमा ११ देखि ८३ वर्ष सम्मका प्रदर्शनकारी रहेको बताइएको छ। जसमध्ये १ हजार ५ सय १३ महिला रहेका छन्। त्यसैगरि २० देखि २५ वर्ष चीका १ हजार ३ सय ८८ पुरुष र ४ सय ३९ महिला पक्राउ परेको प्रहरीले बताएको छ। साथै ६० वर्षन्दा माथिको उमेरका १ सय ६१ पुरुष तथा ५१ महिला पक्राउ परेका छन्।

उनीहरुलाई दंगा, गैरकानुनी सभा, घाइते बनाउने, शारीरिक क्षति पुर्याउने आक्रमण, आगजनी, आपराधिक क्षति, गैरकनुनी आपत्तिजनक हतियार बोकेको, प्रहरीलाई दुव्र्यवहार र आक्रमण गरेको, प्रहरीलाई कर्तव्य निर्वाह गर्नबाट बाधा अवरोध सिर्जना गरेको जस्ता अभियोगमा पक्राउ गरिएको छ कुरा द स्टान्डर्डले बताएको छ।

लीका अनुसार २ सय २० लाई बिना सर्त रिहा गरिएको तथा ९ सय ३८ जनालाई ससर्त छाडिएको छ। पक्राउ पर्नेहरुमा दुई नेपाली युवतीहरु जेनी राई र रोजमेरी लिम्बू रहेका छ्न्। हङकङको विश्वविद्यालयमा अध्ययनरत उनीहरु गत अक्टोबर पहिलो हप्ता यौ मा तेई मा पक्राउ परेका थिए। उनिहरु केही समयपछि नै धरौटीमा रिहा भएका थिए। उनीहरुको मुद्दा किनारा लागे नलागेको यकिन भैसकेको छैन।

त्यस्तै १६ वर्षीय अर्का नेपाली विद्यार्थी अनुभव आले मगर पनि पक्राउ परेको साउथ चाइना मर्निङ पोस्टले बताएको छ। आलेलाई सार्वजनिक स्थलमा अव्यवस्थित ढंगले व्यवहार गरेको तथा आपराधिक क्षति गरेको अभियोगमा वेस्ट काउलुन कोर्टमा उपस्थित गराईएको थियो।

आलेमाथि गत सोमबार बिहान मोङ कोकको नाथन रोड र अर्गाइल स्ट्रिटमा ब्यारिकेड राखी सडक अबरुद्ध गरेको, शान्तिको भंग गरेको, ट्राफिक लाइट तोडफोड गरेको अभियोग लगाएका छन्।

उनलाई अदालतमा प्रिन्सिपल मजिस्ट्रेट पीटर ल तक–चुएनले उनलाई आगामी जनवरी १४ का दिन अदालतमा हाजिर हुने सर्तमा एक हजार नगद धरौटी राखी जमानतमा छाडिएको छ भने हङकङ छाडेर अन्यत्र जान नपाउनेगरी यात्रा प्रतिबन्ध र कर्फ्यूको पालना गर्नुपर्ने सर्त राखिएको छ।

गत नोभेम्बर २४ मा भएको जिल्ला परिषदको निर्वाचन समयमा आन्दोलन मथ्थर भएको थियो। गत आइतबार हिंसात्मक प्रदर्शनपश्चात केही दिन यता छिटफुट प्रदर्शन जारी छ।

आन्दोलनले अहिलेसम्म ६ महिना पार गरिसकेको छ। यो अवधिमा सयौँको संख्यामा आन्दोलनकारीहरु र दर्जनौ प्रहरीहरु घाइते भएका छन्। आन्दोलनको क्रममा प्रहरीले आत्मरक्षाको लागि १७ गोली प्रहार गरेको, गोलीबाट आन्दोलनकारी गम्भीर घाइते भएको तथा १० हजारभन्दा बढी अश्रुग्यास प्रहार गरेको छ। साथै आन्दोलनकारीहरुका तर्फबाट प्रहरीमाथि हजारौ संख्यामा पेट्रोल बम प्रहार, आगजनी, तोडफोड, सडकअबरुद्ध, विश्व विद्यालय कब्जा, सरकार समर्थकलाई जिउदै जलाइदिएको जस्ता घटनाहरु भएका थिए।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .