बुधबार पोखरा रंगशालामा भएको खेलमा नेपाललाई टेस्ट राष्ट्र बंगलादेशले १० विकेटले पराजित गरेको हो।
लिग चरणको दोस्रो खेलमा सुरुवाती ब्याटिङ गरेको नेपालले १९ दशमलब २ ओभरमा अलआउट हुँदै ५० रन बनाएको थियो।
जवाफी व्याटिङमा बंगलादेशले ७ दशमलब ४ बलमा नेपालले दिएको ५१ रनको लक्ष्यलाई भेट्टाएको हो।
बंगलादेशका कुनै खेलाडी आउट भएनन्। बंगलादेशको जितमा मुर्सिदा खातुनले नटआउट २३ रन बनाउँदा आयसा रहमानले नटआउट २६ रन बनाइन्।
यसअघि नेपालले एक खेल जितेको छ। डिसेम्बर ६ शुक्रबार नेपालले श्रीलंकासँग अन्तिम खेल खेल्नेछ।
राउण्ड रोबिनको आधारमा हुने महिला क्रिकेटको शीर्ष दुई टिमले स्वर्ण पदकको लागि खेल्नेछ। यस्तै तेस्रो र चौंथो टिमले कास्यको लागि खेल्नेछन्।
१३ औं साग महिला क्रिकेटमा ४ देश समावेश छन्।
हालसम्म बंगलादेश दुई खेलमा जित निकाल्दै ४ अंकसहित शीर्ष स्थानमा छ। २ अंक भएको नेपाल दोस्रो सनमा छ। माल्दिभ्स र श्रीलंका अंकविहिन छन्।
प्रतिक्रिया