ad ad

समाज


चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मृत भेटियो

चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मृत भेटियो

नेपालखबर
मंसिर १८, २०७६ बुधबार ७:१८,

भरतपुर महानगरपालिका–२६ स्थित नारायणी नदीमा बुधबार बिहान गैँडा मृत अवस्थामा भेटिएको छ।

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने सिसुवारमा गैंँडा मृत अवस्थामा भेटिएको हो। निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार बिहान ९ः३० बजेको समयमा खाग र खुरसहितको गैँडा भेटिएको खबर प्राप्त भएको हो।

सो स्थानमा नदीले बगाएको अवस्थामा गैँडा भेटिएको थियो। गैँडालाई बग्न नसक्ने गरी निकुञ्ज सुरक्षार्थ नेपाली सेनाले बाहिर निकालेको जनाइएको छ।

घिमिरेले सो स्थलमा निकुञ्जका चिकित्सकको टोली पुगेपछि यथार्थ विवरण भन्न सकिने बताए। बुढो गैँडा पानी खान जाने क्रममा नदीमा डुबेर बगाएको अनुमान गरिएको घिमिरेको भनाइ छ। यो सँगै चालु आर्थिक वर्षमा पाँचवटा गैँडा कालगतिले मरेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .