ad ad

कारोबार


नबिल बैंक र नेपाल हस्तकला महासंघबीच सम्झौता

नबिल बैंक र नेपाल हस्तकला महासंघबीच सम्झौता

नेपालखबर
मंसिर १८, २०७६ बुधबार ७:२,

१७औं हस्तकला ट्रेड फेयर तथा १५औं क्राफ्ट प्रतियोगिताको अवसरमा नबिल बैंक र नेपाल हस्तकला महासंघबीच सम्झौता भएको छ।

नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र नेपाल हस्तकला महासंघका अध्यक्ष सुरेन्द्र भाई शाक्यबीच सो सम्झौता हस्तकला ट्रेड फेयरको उद्घाटन समारोहमा भएको छ।

सम्झौतासँगै नबिल बैंकले देशको हस्तकला क्षेत्रको प्रवर्द्धन र संरक्षणको लागि सदा सहयोग गर्ने प्रतिबद्धता लिएको छ ।

सो समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले भने, ‘हस्तकला क्षेत्रको संरक्षण र उन्नतिको लागि नबिल बैंक सधैंभर तत्पर रहनेछ।’

हस्तकला क्षेत्रको उत्थानका लागि नेपाल हस्तकला महासंघसँग सहकार्य गर्न पाउँदा खुसी लागेको उनले बताए। शाहले भने, ‘यो सहकार्यले हस्तकला क्षेत्रमा आबद्ध भएका व्यक्तिगत तथा व्यवसायहरुलाई लाभ हुने विश्वाश हामीले लिएका छौं।’

नेपाल हस्तकला महासंघका अध्यक्ष सुरेन्द्र भाई शाक्यले नेपाल हस्तकला महासंघले नबिल बैंकलाई हस्तकला मैत्री बैंक २०७५÷७६ घोषणा गर्न पाउंदा खुसी लागेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .