१३ औं सागको तेक्वान्दोबाट नेपालले दोस्रो स्वर्ण हातपार्दा पुरा पाँच स्वर्ण जित्न नेपाल सफल भएको छ।
नेपालकी सिना मादेन लिम्बुले तेक्वान्दो पुम्से विधामा स्वर्ण हात पारेकी हुन्। उनले १७ वर्षभन्दामाथि २३ वर्षभन्दा कम उमेर समूहमा यस उपलब्धि हात पारेकी हुन्।
यसअघि तेक्वान्दोको पुम्सेमै कमल श्रेष्ठले स्वर्ण हात पारेका थिए। त्यसअघि मन्डे श्रेष्ठले कराँतेको कातामा स्वर्ण दिलाएका थिए। कराँतेकै सिनियर महिला टोलीबाट निर्मला तामाङ, संगीता मगर र सरु कार्कीले टिम कातामा स्वर्ण जित्दा ट्राइथ्लनमा सोनिका गुरुङले स्वर्ण जितेकी थिइन्।
यी सबै स्वर्ण नेपालले सोमबार हात पारेको हो।

प्रतिक्रिया