नेपालकै पहिलो र एक मात्र स्पोर्टस च्यानल एक्सन स्पोर्टसमा १३औं दक्षिण एसियाली खेलकुद(साग) अन्तर्गत भलिबल खेलको प्रत्यक्ष प्रसारण हुने भएको छ।
१३औं संस्करणको सागअन्तर्गत हुने भलिबल प्रतियोगिताका सम्पूर्ण खेल मंसिर ११ देखि १७ गतेसम्म डिशहोेमको एक्सन स्पोर्टस च्यानल नं. १०५ एसडी र ९९१ एचडीमा प्रत्यक्ष प्रसारण हुनेछ।
नेपालले खेल्छ नेपालीले हेर्छ भन्ने मुख्य नाराका साथ प्रसारण भइरहेको यस स्पोर्टस च्यानलले आफ्नो स्थापनाकालदेखि नै नेपालमा आयोजना हुने हरेक खेलहरुलाई नेपाली दर्शकमाझ पुर्याउँदै आएको छ।
प्रतिक्रिया