ad ad

समाज


एड्सका कारण विश्वभर दैनिक ३२० बालबालिका र किशोर किशोरीको मृत्यु

एड्सका कारण विश्वभर दैनिक ३२० बालबालिका र किशोर किशोरीको मृत्यु

नेपालखबर
मंसिर ११, २०७६ बुधबार ९:४०,

युनिसेफले मङ्गलबार सार्वजनिक गरेको विश्वभरीको तथ्याङ्क अनुसार हरेक घण्टा १३ जनाको मृत्यु हुने गरेको हो।

पर्याप्त उपचारको व्यवस्था नहुनु, उपचारमा पहुँचको अभावलगायतका कारणले उनीहरुको मृत्यु भएको जनाइएको छ।

सन् २०१८ मा १४ बर्षसम्मका ५४ प्रतिशत अर्थात् ७ लाख ९० हजार बालबालिका एचआइभीसहित बाँचेका छन्। उनीहरुले विभिन्न उपचार विधि अपनाएको युनिसेफले जारी गरेको प्रतिवेदनमा उल्लेख छ।

विरामीलाई औषधी उपचारका लागि सबैभन्दा धेरै पहुँच दक्षिण एसियामा रहेको पाइएको युनिसेफले जनाएको छ। दक्षिण एसियामा ९१ प्रतिशत विरामीको पहुँच छ भने त्यसपछि धेरै मध्यपूर्व र उत्तर अफ्रिकामा देखिएको छ। त्यहाँ ७३ प्रतिशत विरामीको पहुँच देखिएको छ।

त्यसैगरी पूर्वी तथा दक्षिण अफ्रिका, पूर्वी एसिया र प्रशान्त क्षेत्रमा ६१ प्रतिशत, ल्याटिन अमेरिका र क्यारेबिनमा ४६ प्रतिशत र पश्चिम तथा मध्य अफ्रिकामा २८ प्रतिशत विरामीलाई मात्रै औषधी उपचारमा पर्याप्त पहुँच भएको युनिसेफले जनाएको छ।

सन् २०१८ मा एचआईभी एड्सबाट संक्रमित भएका नौ वर्षसम्ममा एक लाख ६० हजार नयाँ विरामी थपिएका छन्।

विश्वभरी अहिले यही उमेर समूहका एचआईभी संक्रमित बालबालिकाको संख्या ११ लाख रहेको युनिसेफको प्रतिवेदनमा उल्लेख छ। रासस/सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .