खेल


जिम्बाब्वे ‘ए’विरुद्धको एक दिवसीय शृंखला नेपालको पोल्टामा

जिम्बाब्वे ‘ए’विरुद्धको एक दिवसीय शृंखला नेपालको पोल्टामा

तीन खेलको अनअफिसियल एक दिवसीय शृंखलाअन्तर्गत आज भएको तेस्रो खेलको दृश्य। तस्बिर : क्यान


नेपालखबर
बैशाख २६, २०७९ सोमबार १७:५५, काठमाडौँ

नेपालले जिम्बाब्वे ‘ए’विरुद्धको एक दिवसीय शृंखला आफ्नो पोल्टामा पारेको छ। 

तीन खेलको अनअफिसियल एक दिवसीय शृंखलाअन्तर्गत आज भएको तेस्रो खेलमा पाहुना टोलीलाई १७ बल बाँकी हुँदै ६ विकेटले हराउँदै शृंखला आफ्नो पोल्टामा पारेको हो। 

शृंखलाअन्तर्गतको पहिलो खेल पाहुना टोलीले जितेको थियो भने दोस्रो खेल नेपालले जितेको थियो। 

आजको तेस्रो खेल जितेसँगै नेपालले एक दिवसीय शृंखला २-१ ले जितेको हो।  

आजको खेलमा नेपाललाई जिम्बाब्वे ‘ए’ले जितका लागि २१४ रनको लक्ष्य पेस गरेको थियो। 

नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ८४ रनको योगदान गरे। उनले ६१ बलमा ७ चौका र ४ छक्का प्रहार गरे। 

अर्का ओपनर आसिफ शेखले ३७ बलमा २ चौका र १ छक्का मद्दतमा २९ रन बटुले। सुनिल धमला ६ रनमै आउट भए भने दीपेन्द्र सिंह ऐरीले ४३ बलमा ६० रन बनाएका थिए। त्यस्तै रोहित पौडेलले १ बल खेलेर आउट भए पनि विनोद भण्डारीले २६ बल खेल्दै २८ रन बनाए। उनले तीन चौका प्रहार गरे। 

पाहुना टोलीले ७ अतिरिक्त रन दिएको थियो। 

जिम्बाब्वे एको बलिङ त्यति प्रभावकारी देखिएन। ब्रान्डन माभुताले ३ र ब्राड इभान्सले १ विकेट झारे पनि अन्य बलरले विकेट लिन सकेनन्। 

योसँगै नेपाल २ जित निकाल्दै ३ खेलको शृंखला आफ्नो पोल्टामा पार्न सफल भयो। 

यसअघि त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको थियो। 

वर्षाका कारण ३३ ओभरमा झारिएको खेलमा पाहुना टोलीले ३२.१ ओभरमा सबै विकेट गुमाउँदै २१३ रन बनाएको थियो।

जिम्बाब्वे एका लागि तादिवानासे मारुमानीले ३१ बलमा ५० रन, इन्नोसेन्ट काइयाले १४ बलमा १२ रन, कुड्जाई मौन्जेले ३९, रोय काइयाले ३६, जोनादन क्याम्पबेलले ३, सेफास झुवाओले १६, टोनी मुनयोंगाले २४, ब्राड इभान्सले ७, ल्युक जोंग्वेले १९ र ब्रान्डन माभुताले ६ रनको योगदान गरे।

नेपालले पाहुना टोलीलाई १ अतिरिक्त रन दिएको थियो। 

खेलमा नेपाली बलर किशोर महतो एक्लैले १ मेडनसहित ५ विकेट झारे। उनले ७ ओभर बलिङ गर्दा ४३ रन दिए। त्यस्तै करण केसीले १, सोमपाल कामीले २, दीपेन्द्रसिंह ऐरीले १ विकेट लिए।

कप्तान सन्दीप लामिछानेले विकेट लिन सकेनन्। उनले ६ ओभर बलिङ गरी ५६ रन दिएका थिए। बासिर अहमदले पनि आज विकेट लिन सकेनन्। उनले २ ओभर बलिङ गरी ११ रन दिए। 

करण केसी शृंखलाकै उत्कृष्ट, किशोर ‘प्लेयर अफ द म्याच’
जिम्बाब्वे एसँगको तीन खेलको एक दिवसीय शृंखलामा करण केसी सर्वोत्कृष्ट खेलाडी भएका छन्। उनले शृंखलामा ६ विकेट लिए भने २५ रन जोडे। 

त्यस्तै तेस्रो खेलको प्लेयर अफ द म्याच भने किशोर महतोले हात पारे। उनले आजको खेलमा ५ विकेट लिएर ४३ रन दिए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad