ad ad

खेल


एक दिवसीय शृंखलामा नेपाल जिम्बाब्वे ‘ए’सँग पराजित

एक दिवसीय शृंखलामा नेपाल जिम्बाब्वे ‘ए’सँग पराजित

जिम्बाब्वे एका खेलाडी। तस्बिर : नेपाल क्रिकेट संघ


नेपालखबर
बैशाख २३, २०७९ शुक्रबार १४:४६, काठमाडौँ

तीन खेलको एक दिवसीय शृंखलाअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल जिम्बाब्वे एसँग पराजित भएको छ। 

त्रिवि क्रिकेट मैदानमा भएको खेलमा पाहुना टोलीले नेपाललाई ३ विकेटले हराएको हो। 

५० ओभरको खेलमा नेपालले ३१.३ ओभरमा सबै विकेट गुमाउँदै १३६ रनमात्र बटुलेको थियो। 

जवाफी ब्याटिङ गरेको जिम्बाब्वे एले २६ ओभरमा ७ विकेट गुमाउँदै १३७ रनको लक्ष्य पार गरेको थियो। 

नेपाली टोलीको ब्याटिङ खासै जम्न सकेन। सोमपाल कामीले ३०, करण केसीले २५, दीपेन्द्र सिंह ऐरीले १८ र कुशल भुर्तेलले १९ रन बनाउनेबाहेक अन्य खेलाडीले उल्लेख्य रन बनाउन सकेनन्। 

पाहुना टोलीका इन्नोसेन्ट काइयाले ४८, सेफास झुवाओले ३२, रोय काइयाले १४ र ब्राड इभान्सले १७ रन बनाए। नेपालले ६ अतिरिक्त रन दिएको थियो। 

बलिङतर्फ नेपालका सन्दीप लामिछाने र करण केसीले २÷२ तथा सोमपाल कामी र सागर ढकालले १÷१ विकेट लिएका थिए। पाहुना टोलीका ब्राड इभान्स एक्लैले ४ विकेट झारे भने भिक्टोर न्याउची, ब्रान्डन माभुता, सेफास झुवाओले २÷२ विकेट झारेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .