ad ad

खेल


जिम्बाबे एमाथि नेपालको शानदार जित

जिम्बाबे एमाथि नेपालको शानदार जित

नेपालखबर
बैशाख २४, २०७९ शनिबार १३:४१, काठमाडौँ

दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले जिम्बाबे ए माथि ९ विकेटको शानदार जित हात पारेको छ।

शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले जिम्बाबेले दिएको ८८ रनको सामान्य लक्ष्य १ विकेटको क्षतिमा ११ ओभर २ बल खेल्दै ८९ रन बनाएर पूरा गरेको हो। 

नेपाललाई जित दिलाउने क्रममा सुनिल धमलाले ३८ रन बनाए भने आसिफ शेखले अविजित ३४ रन बनाए। विनोद भण्डारी ४ रनमा अविजित रहे। 

यसअघि टस हारेर ब्याटिङ गरेको जिम्बाबेले ३१ ओभर ५ बलमा सबै विकेट गुमाएर ८७ रन बनाएको थियो। 

जिम्बाबेलाई सस्तैमा रोक्ने क्रममा नेपालका लागि करण केसी र सोमपाल कामीले समान ३/३ विकेट लिए। त्यस्तै सन्दीप लामिछानेले २ र सागर ढकालले १ विकेट हात पारे। 

जिम्बाबेका लागि जोनाथम काम्पबेलले सर्वाधिक २७ रनको पाली खेले । त्यस्तै ब्राड इभान्सले अविजित २० रन बनाए भने केफास झुवाओले १० रनको पाली खेले । अन्य ब्याटरले दोहोर अंकमा रन बनाउन सकेनन्। 

यससँगै नेपालले जिम्बाबे एसँगको एक दिवसीय सिरिजमा १–१ को बराबरी गरेको छ। यसअघि शुक्रबार भएको खेलमा नेपाल जिम्बाबे एसँग ३ विकेटले पराजित भएको थियो। 

नेपालले अन्तिम एकदिवसीय खेल सोमबार खेल्नेछ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .