१३औं दक्षिण एसियाली खेलुकद (साग) खेल्ने तीन राष्ट्रका टोलीहरु सोमबार नेपाल आइपुगेका छन्। सोमबार बंगलादेश, श्रीलंका र माल्दिभ्सको भलिबल टिमलाई राखेप तथा भलिबल संघका प्रतिनिधिले स्वागत गरेका थिए।
साग अन्तर्गतको पुरुष भलिबल बुधबारबाट सुरु हुँदैछ। राखेपका अनुसार राष्ट्र भारत र पाकिस्तान मंगलबार नेपाल आइपुग्नेछन्।
सागको उद्घाटन अघि भलिबलका समूह चरणका खेलहरु सम्पन्न हुनेछन्। पुरुषतर्फ समूह ’ए’ मा नेपाल, भारत र बंगलादेश रहेका छन्। समूह ‘बी’मा श्रीलंका, पाकिस्तान र माल्दिभ्स रहेका छन्।
महिलातर्फ समूह ‘ए’ मा नेपाल, भारत र बंगलादेश रहेका छन्। समूह ‘बी’ मा माल्दिभ्स, श्रीलंका र पाकिस्तान रहेका छन्। साग अन्तरगतको पुरुष भलिबलमा नेपालले पहिलो खेलमा बंगलादेशसँग खेल्ने भएको छ। दुई समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।

प्रतिक्रिया