भुटानको थिम्पुस्थित चाम्लिमिथाङ रगंशालामा जारी खेलको पहिलो हाफमा नेपाल १–० ले पछि परेको हो। खेलको २८ औं मिनेटमा कुवेतका बदर अल अलमोतवाले गोल गर्दै कुवेतलाई अग्रता दिलाएका हुुन्।
काठमाडौको दशरथ रगंशालामा खेल हुने भनिए पनि समयमा मैदान तयार हुन नसकेपछि तटस्थ भूमिका रुपमा भुटानलाई रोजिएको हो।
छनोट चरणको अवे खेलमा नेपाल कुवेतसँग ७–० ले पराजित भएको थियो।
भरपर्दा ४ खेलाडी टोलीबाट बाहिरिएपछि आजको खेलको अग्रपंक्तीमा अभिशेक रिजाल एक्लै छन्l
छनोट चरणको अवे खेलमा नेपालले चाईनिज ताईपेईलाई २–० ले पराजित गरेको थियो भने अष्ट्रेलियासँग ५–० र जोर्डनसँग ३–० ले पराजित भएको थियो।
समूह चरणका ४ अवे खेल खेलेको नेपालको ३ अंक छ।
उता कुवेतले भने अष्ट्रेलियालाई ३–०, जोर्डनसँग गोलरहित बराबरी र चाइनिज ताइपेइलाई ९–० ले पराजित गरेको छ। कुवेत ७ अंकमा तालिकाको दोस्रो स्थानमा छ।
प्रतिक्रिया