ad ad

प्रविधि


सी चिनफिङले भनेको पनि मान्दिनँः टिकटकका प्रमुख

सी चिनफिङले भनेको पनि मान्दिनँः टिकटकका प्रमुख

नेपालखबर
मंसिर ३, २०७६ मंगलबार ९:५०,

टिकटक अमेरिकासहित विश्वभर चर्चित बनेपछि अमेरिकाले टिकटकलाई खतराको रुपमा हेरेको छ।

अमेरिकाका अनुसार टिकटकले अमेरिकी प्रयोगकर्ताको डेटाहरु चीन सरकारलाई बुझाउँछ। यद्यपी अमेरिकी आरोपको टिकटकले दोहोर्याउँदै खण्डन गरेको छ।

हालै अमेरिकी पत्रिका न्यु योर्क टाइम्सले टिकटकका प्रमुख एलेक्स हुलाई प्रश्न गरेको थियो,‘चिनियाँ राष्ट्रपति सीले टिकटकको डेटा देऊ नत्र कम्पनी बन्द गरिदिन्छु। भने तपाई के गर्नुुहुन्छ?’

उनले उत्तरमा भने,‘मैले सी चिनफिङले भनेको मान्दिनँ थिए।’

टिकटक गतवर्ष ७८ अर्ब अमेरिकी डलरको कम्पनी बनेको थियो। अन्तर्वार्ताका क्रममा एलेक्स हुले आफूले विश्वका अन्य एप्सहरुसँग प्रतिस्पर्धा गर्न टिकटकका फिचर्सहरु समय सापेक्ष बनाउँदै लाने बताएका छन्।

यसअघि चीनको विशाल प्रविधि कम्पनी हुवावे अमेरिकासहित विश्व बजारमा चर्चित बन्दै जाँदा अमेरिकाले त्यसलाई सुरक्षा खतरा देखाउँदै प्रतिबन्ध लगाएको थियो।

हाल टिकटक विश्व चर्चित बनिरहेका बेला अमेरिकाले यसलाई पनि प्रश्नचिन्हको घेरामा राखेको छ।

यसबीचमा टिकटकका प्रमुखले आफूले राष्ट्रपतिले भनेको कुरा पनि नमान्ने बताएका हुन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .