ad ad

खेल


बंगलादेशसँग नेपालको फराकिलो हार

बंगलादेशसँग नेपालको फराकिलो हार

नेपालखबर
मंसिर २, २०७६ सोमबार ६:१४,

इमर्जिङ कप क्रिकेटमा नेपाल आयोजक बगंलादेशसँग ८ विकेटले पराजित भएको छ। योसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ।

नेपालले दिएको १ सय ३९ रनको लक्ष्य बगंलादेशले २४ ओभरमा २ विकेट गुमाउँदै भेट्टाएको छ। बगंलादेशका कप्तान नजबुल होस्सेन सन्टोले ५९ रन जोडे। यस्तै नैम शेखले ४५ रन जोडे। सन्टो र शैखले ७९ रनको साझेदारी गरेका थिए। नेपालका करण केसी र शुसान भारीले समान १ विकेट लिए ।

त्यसअघि नेपालले ४४.३ ओभरमा सवै विकेट गुमाएर १ सय ३८ रन बनाएको थियो। नवौं विकेटका लागि सोमपाल कामी र करण केसीले ५० रनको साझेदारी गरेपछि नेपाल सो स्कोरमा पुगेको हो। करणले ४७ बलमा १ चौका र १ छक्कासहित १८ रन जोडे।

सोमपाल कामी नेपालबाट सर्वाधिक स्कोरर रहे। उनले ३८ रन जोडे। ६३ बल खेलेका उनले ४ चौका प्रहार गरे।

त्यसअघि नेपालका ओपनरद्धय कुशल भुर्तेल र ज्ञानेन्द्र मल्लले ३३ रनको साझेदारी गरेका थिए। अघिल्ला दुई खेलमा खाता नै खोल्न नसकेका कप्तान ज्ञानेन्द्रले यस खेलमा २२ रन जोडे।

यस्तै कुशल भुर्तेलले १०, शरद भेषावकरले १, दीपेन्द्रसिंह ऐरीले ६, आरिफ शेखलले ११, पवन सर्राफले ९ तथा विनोद भण्डारीले ८ रन जोडे। सन्दीप जोराले खाता नै खोल्न सकेनन।

समूह बीमा रहेको नेपाल तालिकाको तेस्रो स्थानमा छ। नेपालले यसअघि भारतसँग पराजित भएको थियो भने हङकलाई पराजित गरेको थियो।

एसीसी इमर्जिङ कपमा आयोजक बंगलादेशसँगै नेपाल, भारत, पाकिस्तान, अफगानिस्तान, हङकङ, ओमान, श्रीलंका र यूएईले सहभागिता जनाएका छन्।

टेस्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानको यू–२३ टोलीको सहभागिता रहेको छ भने त्यसबाहेकका देशको सिनियर टोलीले भाग लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .