खेल


च्यासल ए डिभिजनबाट रेलिगेसनमा

च्यासल ए डिभिजनबाट रेलिगेसनमा

नेपालखबर
फागुन ७, २०७८ शनिबार १४:५९, काठमाडौँ

च्यासल युथ क्लब सहिद स्मारक ए डिभिजन लिगबाट रेलिगेसनमा परेको छ। शनिबार भएको १२ औँ चरणको पहिलो खेलमा फ्रेण्ड्स क्लबसँग २–१ ले पराजित हुँदै च्यासल बी डिभिजनमा झरेको हो। 

यो सिजन बी डिभिजनमा झर्ने च्यासल पहिलो टोली बनेको छ। यो पटक दुई टोली बी डिभिजनमा झर्नेछन्। घटुवा हुने अर्को टोलीको टुङगो भने लाग्न बाँकी छ। आजको जितले फ्रेण्ड्सलाई भने केही राहत मिलेको छ। 

३ सिजन ए डिभिजन लिग खेलेको च्यासल बी डिभिजनमा घटुवा भएको हो। २०७२ सालको बी डिभिजनबाट च्याम्पियन हुँदै ए डिभिजनमा बढुवा भएको च्यासलले २०७५, २०७६ र २०७८ को ए डिभिजन लिग खेलेको थियो। 

यो सिजन च्यासलले १ खेलमा जित, ३ मा बराबर र ८ खेलमा हारको नतिजा व्यहोरेको थियो। 

शनिबार भएको खेलमा पहिलो हाफमा २–० ले पछि परेको च्यासलले दोस्रो हाफमा १ गोल फर्काए पनि रेलिगेसनबाट जोगिन सकेन।  

खेलको ३८ औँ मिनेटको जमोल एन्थोनी फ्रान्कोईसले गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाएका थिए। ४३ औँ मिनेटमा एन्थोनीले पेनाल्टीमा गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। ४१ औँ मिनेटमा अभिषेक लिम्बुले जमोललाई पेनाल्टी बक्समा फउल गरेपछि फ्रेण्ड्सले पेनाल्टी पाएको थियो। 

खेलको ५६ औँ मिनेटमा च्यासलले एक गोल फर्काउँदै खेललाई २–१ को अवस्थामा ल्याए। च्यासलका मौसा एवांगाले गोल गर्दै अग्रता खुम्चाएका थिए। 

लिगको अन्तिम खेलमा च्यासलले सातदोबाटो युथ क्लबको सामना गर्नेछ। 

लिगमा च्यासलको नतिजा
च्यासलविरुद्ध थ्रीस्टार ०–३
च्यासलविरुद्ध नेपाल एपीएफ फुटबल क्लब १–० 
च्यासलविरुद्ध न्युरोड टिम १–१
च्यासलविरुद्ध त्रिभुवनआर्मी फुटबल क्लब ०–२
च्यासलविरुद्ध जावलाखेल युथक्लब ०–१
च्यासलविरुद्ध हिमालयन शेर्पा क्लब १–३
च्यासलविरुद्ध संकटा क्लब ०–० 
च्यासलविरुद्ध मनाङ मर्स्याङ्दी क्लब ०–५ 
च्यासलविरुद्ध नेपालपुलिस क्लब १–२
च्यासलविरुद्ध मछिन्द्र फुटबल क्लब ०–२
च्यासलविरुद्ध ब्रिगेड ब्वाइज क्लब ०–० 
फ्रेन्ड्सविरुद्ध च्यासल २–१ 

खेल्न बाँकी 
सातदोबाटो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad