खेल


टी-२० अन्तर्राष्ट्रियमा दीपेन्द्रको तेस्रो अर्धशतक

टी-२० अन्तर्राष्ट्रियमा दीपेन्द्रको तेस्रो अर्धशतक

नेपालखबर
फागुन ७, २०७८ शनिबार १२:५९, काठमाडौँ

टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका दीपेन्द्रसिंह ऐरीले तेस्रो अर्धशतक प्रहार गरेका छन्। 

जारी टी-२० विश्वकपको ग्लोबल छनोट अन्तर्गत फिलिपिन्सविरुद्धको खेलमा अर्धशतक पूरा गर्दै उनले करिअरको तेस्रो अर्धशतक पूरा गरेका हुन्। 

यसअघि उनले यसै प्रतियोगिताअघि नेपालले खेलेको पाँच देशीय क्रिकेट शृंखलामा ओमानविरुद्ध ७३ र गत अप्रिलमा कीर्तिपुर मैदानमा भएको नेदरल्याण्ड्सविरुद्धको खेलमा ६० रनको पारी खेलेका थिए। 

नेपालबाट टी-२० अन्तर्राष्ट्रियमा सर्वाधिक ५ अर्धशतक कुशल भुर्तेलको नाममा रहेको छ। उनले जारी फिलिपिन्सविरुद्धकै खेलमा पाँचौं अर्धशतक पूरा गरेका हुन् ।

त्यसबाहेक पूर्वकप्तान पारस खड्काको नाममा ४ अर्धशतक छन्।  पारसपछि दीपेन्द्रले ३ अर्धशतक पूरा गरेका हुन्। 

विनोद भण्डारीले दुई अर्धशतक पूरा गर्दा ज्ञानेन्द्र मल्ल, आसिफ सेख,​ कुशल मल्ल, सन्दीप जोराले एक एक अर्धशतक छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad